गायक टेक अधिकारी र सिर्जना खत्रीको ‘ओइ माया’ सार्वजनिक (भिडियो)

इनेप्लिज २०७७ मंसिर २३ गते २२:३९ मा प्रकाशित

पछिल्लो समयको सर्वाधिक हिट गीत ‘मेरो एक्सको छम्मा’की गायिका सिर्जना खत्री (हाउडेमाया) र गायक टेक अधिकारी स्वरमा नयाँ मौलिक लोकदोहोरी गीत ‘ओइ माया’ सार्वजनिक भएको छ ।टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा हास्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्कीको साथमा राजु भुजेल ,देव बराल ,फरिता खड्का लगायतको अभिनय रहेको छ।

एक्सन फिल्मसको अफिसियल युट्युबबाट सार्बजानिक गरिएको भिडियोमा दर्शकको राम्रो प्रतिक्रिया आएको छ । करिब डेड दशक देखि नेपाली सांगीतिक छेत्रमा सक्रिय गायक टेक अधिकारीको यसअघि सिर्जना खत्री (हाउडे माया)संगको सहकार्यमा ‘ओइ सानी ‘, ‘छडके तिलहरी ‘ लगायत गीतहरु आइसकेका छन भने उनको शब्द तथा संगीतमा आधुनिक ,देशभक्ती र लोक तथा दोहोरी गरी दर्जनौ गीतहरु बजारमा आइसकेका छन् ।

प्रतिक्रिया