यूरोपको चेक रिपब्लिकमा राष्ट्रिय सद्भाव समिति गठन

इनेप्लिज २०७७ कार्तिक ३० गते २:१८ मा प्रकाशित

प्राग,

बिभिन्न राष्ट्रहरुमा तीब्र रुपमा फैलिदै गएको ‘साझा सद्भाव समिति’ स्थापनाको निरन्तरता चेक रिपब्लिकमा बसोबास गर्ने साझा पार्टीप्रति आस्था राख्ने नेपालीहरुले पनि दिएका छन्।

३२ जनाको भर्चुवल बैठकबाट ईश्वर पराजुलीको संयोजकत्वमा गठन भएको ११ सदस्यीय उक्त समूहको सह-संयोजकमा किशोर श्रेष्ठ रहेका छन् भने प्रवक्तामा रामचन्द्र घिमिरे, सचिवमा ज्ञानु अर्याल तथा उपसचिवमा संजय थापा रहेका छन्।

त्यसैगरी समूहको कोषाध्यक्षमा इन्द्र विष्ट, संचार संयोजकमा नारायण भण्डारी रहेका छन् भने सदस्यहरुमा आङ निङ्मा शेर्पा, सचिन डांगुरा, सन्दीप कुमाल र प्रकाश विष्ट रहेका छन् ।

भर्चुअल मिटिङमार्फत् गठन गरिएको राष्ट्रिय समितिको जिम्मेवारी बाँडफाँड सहभागितात्मक तवरले गरिएको सद्भाव समिति युरोप संयोजक एसके श्रेष्ठले जानकारी दिएका छन् ।

चेक रिपब्लिकमा गठन भएको यो राष्ट्रिय समितिसंगै साझा सद्भाव समूहको राष्ट्रिय संजालको संख्या २१ पुगेको छ।

प्रतिक्रिया