चुरोट सल्काउँदा आगोलागी एकै परिवारका ४ जना घाईते , उपचार खर्च नहुँदा परिवारकै बेहाल (भिडियो सहित

इनेप्लिज २०७७ कार्तिक १६ गते १८:२७ मा प्रकाशित

बिहान देखी बेलुकी सम्म सेती किनारमा बालुवा बोकेर जीविको पार्जन गर्ने गोरखाका शेरबहादुर दशैमा समेत घर गएनन्।घरमा भएकी ४५ बर्षिय देउ कुमारी गुरुङ र अन्य परवारलाई समेत दशै मनाउन गोरखा देखी पोखरा बोलाए।शनिबारको बिहान चार जना यति सानो कोठामा सुतेका थिए तर बिहान करिब ४ बजे तिर शेरबहादुरले चुरोट सल्काउन खोज्दा एक्कासी आगो लाग्यो।सानो कोठा भएकाले आगोको मुस्लो कोठा भरी फैलियो शेरबहादुर संगै अन्य चारजना आगोको भूमरीमा परे।

।लेगुलेटरमा समस्या भएपछि बिगत केही महिना बाटै ग्यास लिग हुने गरेको रहेछ।यो कुरा शेरबहादुरा लाई पनि थाहा थियो।सायद उनीसंग पैसा थिएन की भएर पनि फेर्ने वा बनाउने समय थिएन।शनिबार भाई छोरा र श्रीमती संग यति सानो कोठामा सुतेका उनी बिहानी करिब ४ बजेबाट पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना भएर उपचार गराईरहेका छन्।उनको अवस्था गम्भीर छ भने अरुको अवस्था सामान्य छ।अब हामी प्रस्तुत गर्दै छौं स्थलगत रिपोर्ट ।

प्रतिक्रिया