टंक र कबिताको ‘झिम झिम परेली’ गीतमा पल र अशोकको एक्सन (भिडियो सहित)

इनेप्लिज २०७७ कार्तिक १ गते १६:४९ मा प्रकाशित

काठमाडौं ।चर्चित गायक टंक बुढाथोकी र कबिता सिवाकोटीको नया गीत ‘झिम झिम परेली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।सार्वजनिक गीतमा गायक स्वयम टंककै शब्द, संगीत रहेको छ,भने एरेञ्ज कृष्ण बि.कले गरेका छन्।

चर्चित निर्देशक नितिन चन्दको निर्देशन तथा टंक बुढाथोकीको कन्सेप्टमा बनेको म्युजिक भिडियो केही फरक बनेको छ।चर्चित अभिनेता पल शाह,चर्चित बाल गायक अशोक दर्जी म्युजिक भिडियोमा फरक अवतारमा प्रस्तुत भएका छन।अशोकलाई भिडियोको सुरुमै एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ।पल र अशोकलाई सेसा पौडेल र सलिजा ओलीले अभिनयमा साथ दिएका छन्।

म्युजिक भिडियोलाई उत्तम हुमागाईले खिचेका छन्, भने सम्पादन नबिन निरौलाले गरेका छन्।भिडियोमा कलाकारलाई नचाउने काम भने सुबोल थापाले गरेका छन्।

 

प्रतिक्रिया