वीरेन्द्र रावल,
धनगढी÷मानव जीवनकै कलंकका रुपमा लिईने बलात्कार जस्तो जघन्य अपराधका कारण नेपाली समाज निकै आक्रान्त बन्दै जान थालेको छ।नेपाली समाजमा पछिल्लो समयमा बढ्दै गैरहेको बलात्कारको घटनाले नेपाली दिदी बहिनीहरुकोका लागि मात्र नभएर राज्यका लागिनै ठूलो चुनौतिको बिषय बनि दिएको छ।बलात्कार जस्तो अपराधिक कार्यले समाजलाई बिश्व सामु नेपाललाई पनि कतै घृणाको दृष्टिले हेरिने त होईन भन्ने चिन्ता सवृत्र फैलिन थालेको छ।
सुदूरपश्चिममा चालु आर्थिक बर्षको ३ महिनाको अवधिमा बलात्कार सम्बन्धी परेका १८ उजुरी मध्य १३ जना युवति बुबा,भाई,मामा,छोरा,ठुला बुबा बाट बलात्कृत भएका छन्।बलात्कृत हुने अधिकांस १५ बर्ष भन्दा मुनिका रहेको प्रहरीको त्थ्याङ्कले देखाउँछ।
सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार असार १७ गते बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा आफ्नै बुबाले ११ बर्षे छोरीलाई बलात्कार गरेको भन्दै जिप्रका बैतडीमा जाहेरी परेकोमा साउन १ गते मुद्धा दर्ता गरिएको छ।
डडेल्धुराको भागेश्वर गाउँपालिका ४ मा काकाले भतिजि लाई र बाजेले नातीनी लाई पटक–पटक बलात्कार गरेको आरोपमा उनिहरुलाई साउन १ गते पक्राउ गरी अलादतको आदेश पछि पुर्पक्षका लागि थुनामा राखिएको छ।उनिहरुले फागुन देखी बालिका लाई पटक–पटक बलात्कार गरेको आरोप छ।
बाजुराको बुढी गंगा नगरपालिका–२ का २७ युवकले आफ्नै १४ बर्षकी छोरीलाई २०७६ पुष देखी पटक–पटक बलात्कार गरेको आरोपमा पक्राउ गरिएको छ। उनलाई साउन २९ गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ।कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ गरेका छन्।उनलाई साउन ३० गते पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
कञ्चनपुरकै वेदकोट नगरपालिका–५ मा मामाले भान्जिलाई बलात्कार गरेको आरोपमा प्रहरीले २८ बर्षे युवक लाई साउन ४ गते पक्राउ गरी उनि माथी थप अनुसन्धान भइरहेको छ।कञ्चनपुरकै लालझाडी गाउँपालिका–६ मा छोराले आमालाई करणी गरेको भन्दै परेको आरोपमा प्रहरीले भदौ १२ गते उनलाइ पक्राउ गरी पुर्पक्षका लागि आरोपित छोरालाई कारागार चलान गरिएको छ।
दार्चुलामा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा युवकलाई प्रहरीले पक्राउ गरी भदौ २२ गते देखी उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको।
बैतडीको सिगास गाउँपालिका–८ मा दाजुले बहिनीलाई बलात्कार गरेको आरोपमा युवकलाई साउन २८ गते पक्राउ गरी अनुसन्धान भइरहेको।डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मा दाजुले बहीनीलाई जबरजस्ती करण गरेको आरोपमा प्रहरीले भदौ १५ गते एक युवकलाई पक्राउ गरी अनुसन्धान गरिरहेको।
डोटीको जोरायल गाउँपालिका–५ मा बुबाले छोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको।कैलालीको गोदावरी नगरपालिका–३ मा ११ बर्षे छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १ जनालाई साउन १९ गते पक्राउ गरी अनुसन्धान गरीरहेको साउन ४ गते कैलालीको घोडाघोडी नगरपालिकामा बुबाले आफ्नै १४ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ।भदौ १८ गते कैलालीको गोदावरी नगरपालिका ११ मा १९ बर्षे युवकले आफ्नै बहिनीलाई करणी गरेको आरोपमा पक्राउ।
यसरी हेर्दा चालु आर्थिक बर्षमा भएका जबरजस्ति करणी तथा बलात्कार समबन्धि परेका उजरी मध्य ९२ प्रतिशत घटना आफ्न्त बाट भएको प्रहरीको तथ्याङ्क छ।
बढ्दो बलात्कार,हत्या हिंसा जस्तो घटनालाई न्यूसनकरण गर्नका लागि नेपाल सरकारे यथासक्य चाँडो बिशेष कानुन अख्तियारी गर्ने र कार्यान्वयनको दिसामा प्रभावकारी रुपले लागु गर्ने बिषयमा गम्भीर ध्यान दिनुपर्ने मार्ग सर्वत्र उठ्न थालेको छ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया