नेपाल प्रबर्द्धन,सामाजिक सुरक्षा जस्ता उद्धेस्यका लागि नयाँँ नेपाली संस्था

इनेप्लिज २०७७ असोज १५ गते १०:३० मा प्रकाशित

समाचार दाता,

एक लाख भन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलो मध्येको एक बहु सांस्कृतिक महोत्सब पाको महोत्सब आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न पछिको ठूलो शहर जिलोङमा नेपाललाई अझ बढी चिनाउन र नेपालीहरुका बीच जिउँदोको जन्ती मर्दाको मलामी भाव बिकास गर्दै समाजमा देखा पर्ने बिभिन्न चुनौतिहरुका बीच सदस्यहरुलाई सुरक्षित महसूस गराउँदै ग्रेटर जिलोङ र वारवनको दक्षिण पश्चिममा रहने नेपालीका बीच अनेकतामा एकता उद्धेस्य प्राप्तीका साथ नेपालीको अधिकाधिक पहिचान सहितको एकिकृत नेपाली समाज निर्माणका लागि पछि थप्ने गरी हाल वरिष्ठ बैज्ञानिक डा. सन्तोष पाण्डेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति सहितको ग्रेटर जिलोङ नेपलिज कम्युनिटि दर्ता गरिएको छ।अन्य पदाधिकारीहरुमा इन्जिनियर जीतेन गुरुङ उपाध्यक्ष,कुन्दन जोशी सचिब, श्रीमती उपासना अमात्य कोषाध्यक्ष छन भने सदस्यहरुमा श्रीमती निनु पुन: मगर,लक्ष्मी अधिकारी, र इन्जिनियर कबिता ज्ञवाली छन ।

भैराखेको नेपाली संस्था जिलोङ नेपलिज एसोशियसनमाथी विस्वसनियता नभएको,अपारदर्शी, मनपरीतन्त्र, संस्थाका सदस्यहरुको बारेमा झुटा अफबाह फैल्याएर जथाभावी किसिमले चरित्रहत्या गर्ने,सामुदायिक भन्दा ब्यक्तिगत उद्धेस्यमा केन्द्रित भएको,नेपाली समुदायलाई एकताबद्ध गर्नुको सट्टा बिभाजित गरेको,समुदायका सदस्यहरुलाई त्रासपूर्ण बातावरणमा बस्न पर्ने बनाएको,नेतृत्वमा रहेको ब्यक्तिहरु बाट समुदायका सदस्यहरुले निरन्तर रुपमा अनादरपूर्ण व्यबहार सामना गर्न परेको,गलत नियतका साथ समुदायका झुटा कुराहरु अनाबस्यक किसिमले बाहिर लगेर नेपाली समुदायलाई नै कलंकित बनाउने काम गरेको,काम गर्ने तौर तरिका नभएको,समुदायमा सकारात्मक परिवर्तन ल्याउन नसकेको जस्ता थुप्रै आरोप लगाउँदै त्यस संस्थाबाट कार्यसमितिमा भएका सदस्य,सचिब,सल्लाहकारहरु लगायत थुप्रैले राजिनामा दिएका थिए।समस्याले अत्यन्तै बिकराल रुप लिए पछि समस्यालाई कोर्टमा लैजाने सबै तयारी पुरा भैसकेको बेलामा भिक्टोरियाका नेपालीको अभिभावकत्व गर्ने संस्थाको पहलमा त्यस्लाई रोकेर भिक्टोरिया स्तरका नेपाली संस्थाहरुको नेतृत्वदायी भूमिका निर्बाह गर्ने जिम्मेवार ब्यक्तिहरुको संलग्नतामा आयोजना गरिएको मिटिङ पस्चात पनि समस्याको निराकरण भएको नपाइए पछि गरिएको लामो लिखित ध्यानाकर्षण पस्चात समस्या समाधान गर्न समस्यालाई सहज बनाउन सहजकार्ताको भूमिका निर्बाह गर्नुको सट्टा अनाबस्यक कुराहरुलाई जोडेर जटिलता बनाउनतिर लागेकाले पनि समुदायका सदस्यहरुलाई सुरक्षानु भूति दिनका लागि पनि यसरी संस्था दर्ता गर्नुपर्ने वाध्यता सिर्जना हुन गएको हो ।

जिलोङ क्षेत्रमा नेपाली समुदाय तिब्र गतिमा बढिराखेकोले नयाँँ पुस्ता लाई नेपाली भाषा,संस्कृतिबाट बिमुख हुन नदिन पनि समाजमाथि दायित्व बढिराखेको सन्दर्भमा समाजका सदस्यहरु लाई त्रास मुक्त बातावरण प्रदान गरेर बिचार ब्यक्त गर्ने मानब अधिकारको प्रयोग गर्न पनि संस्थागत रुपमा अगाडि बढ्ने निर्णय गरिएको हो ।

ग्रेटर जिलोङ नेपलिज कम्युनिटिमा २० जना संस्थापक र हालसम्म ८० भन्दा बढी साधारण सदस्य छन र संख्या बढ्ने क्रममा छ।कोरोनाका कारण बैठकहरु बस्न समस्या भएकोले १५ डिसेम्बर, २०१९ मा गठन गरिएको यो संस्थालाई दर्ता गरेर आधिकारिकता दिन ढिलाई भएको थियो।लकडाउन खुकुलो हुने बित्तिक्कै बैठक बसी संस्थालाई बिस्तार गर्ने र २०२१ को पाको महोत्सबमा नेपाल प्रबर्द्धन लगायतका अन्य सामाजिक कामका बिषयहरुलाई तिब्रता दिइनेछ।

 

 

प्रतिक्रिया