सिडीको स्वर , दिलको संगीतमा ‘सम्झेर सानु’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७७ असोज ९ गते १०:३४ मा प्रकाशित

भोइस अफ नेपालको पहिलो सिजन विजेता गायक सिडी विजय अधिकारीको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक भएको छ।

हृदयस्पर्शी यस गीतमा दिल खड्काको शब्द संगीत रहेको छ। गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

धन कमाएर नेपाल फर्किन्छु भन्दा भन्दै बाध्यतामा परेका परदेशीहरु जो आफ्नो प्रीय मान्छेलाई सम्झिदै बसेका हुन्छन् ति प्रिय मान्छेहरु प्रति यो गीत समर्पित छ। कोरना कहरविच यो वर्षको दशैँमा घर फर्किन नपाउने परदेशीहरुको मन यो भिडियोले पक्कै रुवाउने छ।

मनछुने यस गीतको म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। जीटुजी मिडिया (G2G Media ) को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

अग्रिम रुपमा दशैँको शुभकामना सहित निर्माण टिमले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

प्रतिक्रिया