गायक राजेश सापकोटाको “आज फेरि“ भिडियो सहित ।

इनेप्लिज २०७७ असोज ९ गते १०:१७ मा प्रकाशित

काठमाडौँ।

गायक राजेश सापकोटाको बियोगान्त प्रेम कथामा आधारित नयाँ म्युजिक भिडियो “आज फेरि“ सार्वजनिक भएको छ ।

प्रेमी प्रेमीका विचको प्रेम पछिको विछोडलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई पराईको अगालोमा बाँधिएको देख्दा उत्पन्न हुने पिडालाई गीतमा ब्यक्त गरिएको छ । घनश्याम प्याकुरेलको शब्द तथा सुवास भुषालको संगीत संयोजन गीतमा छ ।

रोशन लुइटेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । “आज फेरि“ गीतको भिडियोमा विजय राज भुर्तेल ,दिपिका थापा र दिपेन्द्र घिमिरे को अभिनय रहेको छ ।

प्रतिक्रिया