गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीत सार्वजनिक गरिएको छ।गीत ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।म्युजिक-भिडियो ‘साइँली’बाट निकै चर्चामा आएका जोडी हुन् गौरव र मेनुका।गौरव र मेनुका फरक र जीवन्त अभिनय गर्ने कलाकार त हुन् नै साथमा यस गीतले उनीहरूलाई अर्कै उचाइ दियो।दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ म्युजिक भिडियोमा देखिने भएका छन्। ‘गाउँघरै रमाइलो’ बोलको गीतमा साइँला साइँलीको जोडीले प्रेमिल जोडीको भूमिका निभाएका हुन्।साजन राईको आवाज रहेको गीतले आफ्नो माटो र यस माटोले जोडिदिएको सम्बन्ध नै राम्रो र आफ्नो गाउँघर रमाइलो हुन्छ भन्ने भाव बोकेको छ।यस गीतमा गौरव र मेनुकाले गाउँघरमा आफ्नै दुःख गरेर जीविकोपार्जन गर्ने प्रेमिल जोडीको भूमिका निभाएका छन् । यस गीतले गौरव र मेनुकालाई पुनः साइँलीले दिएको माया दिलाउने अनुमान गर्न सकिन्छ।
गीत रमेश कार्कीले लेखेका हुन् भने सङ्गीत गायक राईकै रहेको छ।सन्जीव बराइलीले एरेन्ज गरेको गीतलाई प्रदीप जोशीले मिक्सिङ गरेका हुन् । भिडियोलाई किरण चाम्लिङ राई र भुपेन्द्र तुम्बाहाम्पेले निर्देशन गरेका हुन् । भुपेन्द्र स्वयंले खिचेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।
प्रतिक्रिया