कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो …” को म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ असोज ८ गते १०:१७ मा प्रकाशित

सर्वाधिक लोकप्रिय आख्यानकार तथ कवि राजन मुकारुङको शब्द र सङ्गीत रहेको “ज्यानै हाजिर भो …” को म्युजिक भिडियो सार्वजनिक भएको छ।
गत असोज -५ गतेको दिन मैलिक रैथाने संस्कृतिमा आधारित रहेको सो गीतको सार्वजनिक गरिएको हो।सो गीतमा ब्रबिम सेर्मा र सीता सिंगकको कर्णप्रिय स्वर रहेको छ।गीतलाई प्राय गीत लेखनमा रमाउने राजन मुकारुङ यो गीतमा भने स्वयंले नै संगीतमा भरेका हुन्।यो गीतमा सङ्गीत भरेसङ्गै उनी संगीतकारको रुपमा समेत उदाएका छन्।

पदम राजन मगरको संयोजन, मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ रहेको गीतलाई किरण चाम्लिङ राईले म्युजिक भिडियो बनाएका हुन्।भिडियोमा ब्रबिम सेर्माका साथमा इक्सा मादेन र पुष्पा लिम्बूले अभिनय गरेका छन्।

थैली ईन्टरटेनमेनको प्रस्तुती रहेको सो गीतमा सोम मगरातीको श्रृङ्गार, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र अनिल रानाको सम्पादन रहेको छ । सो गीतको म्युजिक भिडियो ओरिजिन नेपालमार्फत हेर्न र सुन्न सकिन्छ ।

प्रतिक्रिया