महामारीमा मिडियाको भूमिकाः सीमित श्रोतका बाबजुद पनि खबरदारीमा उत्रिए सञ्चार माध्यम

इनेप्लिज २०७७ असोज ४ गते २०:०५ मा प्रकाशित

 

लण्डन।गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आइतबार “महामारीमा सञ्चारमाध्यमको भूमिका” विषयमा छलफल आयोजना गरियो।

उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरुले आफ्नो धारणा व्यक्त गर्नुभयो ।

नेपाल ब्रिटेन डटकमका प्रधान सम्पादक तथा नागरिक दैनिकका लण्डन संवाददाता चिरन शर्माले कोरोना संक्रमण सुरुवात चरणदेखि नै गैर आवासीय नेपाली संघ (एनआरएनए) तथा यसअन्तर्गतको स्वास्थ्य समितिसँगको सहकार्यमा देश तथा विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अवस्था बारे प्रतिवेदन तयार गरी आम सञ्चार माध्यममा पुराइएको बताउनु भयो।तर लण्डनमा बसेर सूचना स्रोतसम्म पुग्न अप्ठ्यारो अबस्था रहेकाले सेकेण्डरी सूचनाका स्रोतबाट पनि आम मानिसलाई सूसूचित गर्नु परेको उहाँले जनाउनु भयो ।

कार्यक्रममा बोल्दै कान्तिपुर दैनिकका सहायक सम्पादक देवेन्द्र भट्टराईले महामारीको समयमा पनि मिडियाले आफ्नो तर्फबाट राज्यलाई सक्दो रुपमा खबरदारी गरिरहेको बताउनु भयो।मिडियाहरुले खबरदारी गरिरहँदा पनि राज्य संयन्त्र सुस्ताइरहेको उहाँको तर्क थियो।यस्तो महामारीमा पनि मन्दिर निर्माण , सर्प पालन जस्ता कार्यतिर अग्रसर देखिँदा सरकार प्राथमिकताका विषय भन्दा बाहिर रहेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो।महामारीकै समयमा अनियमितता, भ्रष्टाचार लगायत कुप्रवृति बढेकाले त्यस्तो प्रवृत्ति विरुद्ध खबरदारी गर्न निजी तथा सरकारी सञ्चार माध्यमले उल्लेख्य भूमिका खेल्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

नयाँ पत्रिका दैनिककी उपसम्पादक मुना कुँवरले मिडियाको तर्फ बाट अनुसन्धान मूलक समाचार सम्प्रेषण गरिरहेको तर सरकारबाट अपेक्षा गरे जति काम हुन नसकेको बताउनु भयो।त्यसमा पनि मिडियाले पहरेदारको भूमिका खेलेर खबरदारी गरेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा रेडियो कान्तिपुरकी उप सम्पादक इन्द्रलक्ष्मी घिमिरेले पनि महामारीको समयमा भएका विकृति विसंगति उजागर गर्न नेपाली मिडियाले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो।नेपालमा अझै करिब ५५ प्रतिशत रेडियो प्रयोगकर्ताहरु रहेकाले रेडियोबाट प्रसारण गरिएका जनचेतनाका विषयहरु समुदायसम्म पुगेको उहाँले बताउनु भयो।

नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिता बिन्दुले सरकारी अथवा निजी सञ्चारमाध्यमहरुले सक्दो रुपमा आफ्नो स्रोत साधनले भ्याए सम्म समाचार तथा सूचनाहरु सम्प्रेषण गरिरहेको बताउनु भयो।स्वास्थ्य सुरक्षाका सामग्रीको अभावका बाबजुद पनि पत्रकार हरु फ्रन्टलाइनमा खटिएर सत्य तथ्य सूचना दिन अग्रसर रहेको उहाँको भनाइ थियो।तर केही सञ्चारमाध्यम हरुले महामारीको अवस्थामा अफवाह फैलाउने प्रवृतिले गर्दा यसबाट नकारात्मक सन्देश समाजमा पुगेको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रममा अन्नपूर्ण दैनिकका वरिष्ठ सम्वाददाता तुल्सी सुवेदी तथा नेपाल टेलिभिजका कार्यक्रम प्रस्तोता किशोर निरौलाले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

गैर आवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा।संजिव सापकोटाले सञ्चार माध्यमहरुले महामारीका समयमा स्वास्थयकर्मी र आम जनसमुदायबीच पुलको भूमिका खेलीरहेको बताउनु भयो।यसरी पुलको भूमिका खेल्ने सञ्चारमाध्यमहरुले सहि सूचना सम्प्रेषणमा ध्यान दिनुपर्ने उहाँले बताउनु भयो ।पछिल्लो समय केही सञ्चारमाध्यमहरुमा सनसनीपूर्ण हेडलाइन राखेर समाचार सम्प्रेषण गर्ने प्रवृतिले गर्दा समुदायमा नकारात्मकता फैलिएको उहाँको भनाइ थियो ।

बीबीसी नेपाली सेवाका पूर्व संवाददाता भगीरथ योगीले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अध्यक्ष डा संजिव सापकोटाले गर्नु भएको थियो ।

कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु तथा सरोकारवालाहरुको उपस्थिति थियो।

NRNA LOGO
Group Mail Code of Conduct
1. Avoid Greetings on festivals and condolence on group mail, if you must send, send it to individuals.
2. Avoid repetition of same opinions
3. Avoid use of reply all function unless it is thought to be of a general interest.
4. Avoid sending replies to the individual through group mail.

NRNA

Corona Virus Precautions : stay safe
1.Wash your hands frequently
2. Carry hand sanitizer
3. Avoid touching your face
4. Maintain social distance in public gatherings

 

प्रतिक्रिया