विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ ।

इनेप्लिज २०७७ भदौ २८ गते १२:२५ मा प्रकाशित

काठमाडौं,

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।

विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो ।एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ।मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ।तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ।यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो।यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो।

डा. उपाध्यायले गीत सङगीतका क्षेत्रमा विभिन्न ३२ वल्र्ड रेकर्ड कायम गर्नुभएको छ।गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विभिन्न ३२ विधामा उपाध्यका विश्व रकेर्ड कायम छन्।यस्तै केही समय अघि सार्वजनिक डा.डीआर उपापध्यायको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको आधुनिक गीतिएल्बम ‘मायाको सागरमा’ एक गीत १२ भाषामाले पनि गिनिज बुक अफ वल्र्ड रेकर्ड प्राप्त गरेको थियो । डीआरको गीत र सन्तोष श्रेष्ठको सङ्गीत रहेका अन्य गीतले पनि विश्व रकेर्ड राख्न सफल भएका छन् ।

डा. उपाध्यायका गीत सबै वर्ग, पेशा र समुदायका लागि रहेका छन् । उहाँका २३ एल्वममा रहेका गीतमा माया प्रेम, रोमान्स विछोडमात्र नभएर समाजका लागि लेखिएका गीत पनि रहेका छन्।

उहाँका चाड पर्वका गीतदेखि लिएर छोरी विदाई गर्दाका गीत, पर्यटन गीत, स्वास्थ्य तथा योगसम्बन्धी गीत, महिला प्रताडनासम्बन्धी गीत, मजदुर किसान भरियासम्बन्धी गीतलगायत विभिन्न परिवेशका गीत रहेका छन् । त्यस्तै मेजर स्केलका गीत, माइनर स्केलका गीतका साथै सेभन्थ कड्सका गीतहरु रहेका छन् उहाँका।

प्रतिक्रिया