क्यानडाको ओन्टारियोमा एक बन्दुकधारीले गत शुक्रबार बिहान ४ जना आफ्ना नातेदारलाई हत्या गरे पछि स्वयमलाई गोली हानी आफै मारिएका छन ।
क्यानडाका प्रहरी अधिकारीहरुले उक्त घटना टोरोन्टोको पूर्वमा भएको जनाएका छन । प्रहरीका अनुसार ४८ बर्षिय मानिटोबा विनिपेगका माइकल लापा गोलीकाण्डका एक मात्र गोली चलाउने व्यक्ति थिए । जुन ठाउँमा उक्त घटना भयो उक्त ओशावाका निवासीका उनि नातेदार थिए ।
उनले आफैले चलाएको बन्दुकद्वारा उनको मृत्यु भएको प्रहरीले जनाएका छन । बन्दुकधारीले उक्त घरमा मालबाहक सवारी साधन(पिक अप गाडी) ल्याएर रोकेका थिए । उक्त सवारी साधनको दर्ता मानिटोबाको लापाको नाममा दर्ता भएको र छिमेकीले उक्त गाडी पहिले कहिले नदेखेको प्रहरीलाई बताएका थिए ।
उक्त घटना बिहान १:२० मा भए पछि प्रहरीलाई धेरैले खबर गरेका थिए । छिमेकीले बन्दुकको आवाज सुनेका थिए । प्रहरी जर्ज टुडोसका अनुसार ४ जना पुरुष र १ जना महिलाको ज्यान गएको बताए ।
जसमा १८ बर्ष मुनीका २ जना युवाहरु थिए । प्रहरीले ५० बर्षिय महिलालाई घाइते अवस्थामा फेला पारेका थिए । उनलाई अस्पताल गम्भीर अवस्थामा लागिएको थियो ।
श्रोत :एबिसी
प्रतिक्रिया