पोखरा १३ बेसलाइन बोर्डिङ स्कुल पछाडि कुलोमा १ व्यक्ति मृत भेटिएका छन् ।

इनेप्लिज २०७७ साउन ३२ गते १२:५२ मा प्रकाशित

लमजुङ मध्यनेपाल नगरपालिका १ घर भई मियाँपाटन डेरामा बस्ने ५२ वर्षीय जंगबहादुर गुरुङ मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी तथा प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गुरुङको शव बसेको अबस्थामा फोहोर पनि नबगाउने कुलोमा भेटीएको थियो उनि ज्याला मजदुरी गरेर परीवार पाल्दै आएका थिए
उनको शव शनिबार बिहान साढे ६ बजे फेला परेको थियो । शुक्रबार साँझ बाहिर घुमेर आउँछु भन्दै गुरुङ घरबाट हिँडेका थिए ।

शव पोस्टमार्टमका लागि अस्पतालमा पठाइसकिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए । के देखीएको थियो घटना स्थलमा पहिला देख्ने मानिस के भन्छन यो भिडीयो हेर्नुहोला

प्रतिक्रिया