यी लक्षण देखिए वेवास्ता नगर्नुहोस्, हुनसक्छ यस्तो समस्या

इनेप्लिज २०७७ साउन २० गते ११:०६ मा प्रकाशित

कमजोरीपन शरीरमा आइरन कमीको मुख्य लक्षण हो । हेमोग्लोबिन बन्नमा आइरनको महत्वपूर्ण भूमिका हुन्छ । आइरनको कमी हुँदा हेमोग्लोबिनको कमी हुने र शरीरमा अक्सिजनको अभाव हुने भएकाले कमजोरीपन देखा पर्छ ।

आइरनको कमी हुँदा नङ कमजोर हुन्छ । बिस्तारै सजिलैसँग नङ चिरिने, पातलो हुने र सेतो हुँदै जाने हुन्छ, जसलाई कोइलोनेसिया पनि भनिन्छ । मुखमा घाउ देखिने, ओठ फुट्ने र छेउछाउमा घाउ तथा दाग देखिने हुन्छ । रगतमा हेमोग्लोबिनको कमीका कारण जिब्रो सुन्निने हुन्छ । बिस्तारै सुक्खा हुँदै जाने र कतिपयमा जिब्रोमा घाउसमेत देखा पर्छ ।

थप जानकारीका लागि भिडियो हेर्नुहोस्

https://www.youtube.com/watch?time_continue=24&v=BwF0eAj3ehc&feature=emb_logo

प्रतिक्रिया