‘साक्षि राखेर भगवानलाई’मा मनोज र समियाको रोमान्स

इनेप्लिज २०७७ असार २८ गते ११:५० मा प्रकाशित

 

काठमाडौं । गीत लेखेरै १५ विश्व रेकर्ड राखेको गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘साक्षि राखेर भगवानलाई’ सार्वजनिक भएको छ।राज सागरको स्वर तथा संगीत रहेको गीत आकर्षक भिडियो सहित सार्वजनिक भएको हो।

गीतको भिडियो शुभाष प्रधानले निर्देशन गरेका हुन्।भिडियोमा मनोज ओली र समिया कार्कीको रोमान्स देख्न सकिन्छ।

डम्बर राईको छायाँकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो डीआर म्युजिक एण्ड क्रिएशन मार्फत सार्वजनिक गरिएको छ।

अहिलेसम्म १९ एल्वम मार्फत सयौं गीतसंगीत सार्वजनिक गरेका गीतकार उपाध्यायको दश उपन्यास पाठक माझ आएका छन्।

 

प्रतिक्रिया