अमेरिकाको ब्यस्त जिन्दगीबाट समय झिकेर पनि निरन्तर साहित्य लेखनमा क्रियाशिल कवि तथा गीतकार शिव पलाँसको नयाँ गीत सार्वजनिक भएको छ । छिमेकीले सदियौदेखि नेपालको सिमा अतिक्रमण गर्दै आईरहेको र यो बिषय अहिले झन् बल्झिरहेको प्रतिक्रियामा यो गीत निस्किएको छ ।
आफ्नो जमिन फिर्ता गरि छाड्ने बेला भयो ,सिमानामा देशको झन्डा गाढ्ने बेला भयो स्थायी रहेको यो गीतमा रमेश कडरियाको संगीत र स्वर रहेको छ । संगीत संयोजन नरेन्द्र बियोगीले गरेका छन ।रमेश कडरियालाई नवगायिका अनिता घिमिरेले साथ दिएकी छन् ।
कडरिया इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरिएको भिडियोको निर्देशन भुवन लामाले गरेका हुन् ।
शिब पलाँसले माया गर्नुको अर्थ , गन्दै जाँदा पिरतीमा ,बेहोशीमै छोडी गयौ , आगो भन्ने जान्दा जान्दै …लगाएत करिब चार दर्जन गीत रेकर्ड गराईसकेका छन् ।
प्रतिक्रिया