ईनेप्लिज विशेष प्रतिनिधि
काठमाडौं असार १०,
नेपाली साहित्यमा सर्वाधिक विधामा सशक्त कलम चलाउने बहुमुखि प्रतिभा साहित्यकार गोविन्द गिरी प्रेरणाको दोश्रो गीति एल्वम “ गुनासो” एल्वममा समेटिएको यौटा सुमधुर गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेरणाको शब्द रचना, नरहरी प्रेमीको संगीत तथा जेपी रेग्मीको स्वर रहेको “ तिमीलाई सम्झॅंदै भिजाएं रातभर परेलीहरू” गीतकोम्युजिक भिडियोमा सुशिल जॅंग कुॅंवर, अन्जु धामी, गीतान्जली वलायर लगायतको अभिनय रहेको छ ।
“गुनासो” एल्वम म्युजिक नेपालले वजारमा ल्याएको हो । यस अघि उनको “ फूल माथि शित” एल्वम प्रकाशित भएको थियो जसमाउनका गीतमा शक्तिबल्लभको संगीत रहेको थियो ।
कथा, कविता, निबन्ध, उपन्यास, नियात्रा, समालोचना लगायत विविध विधामा २५ थान मौलिक कृतिहरू र सम्पादन, अनुवाद १० गरी३५ कृतिका श्रष्टा प्रेरणा सन् २००४ देखि अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । उनी अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापकमहासचिव तथा पूर्व अध्यक्ष हुन् । साथै “ अमेरिका नेपाल साहित्य प्रतिष्ठान” का संस्थापक अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया