भ्रस्टाचार गर्दा गर्दै’ बोलको गितको भिडियो सार्वजनिक

इनेप्लिज २०७७ असार ३ गते २१:५० मा प्रकाशित

पहिलो नेपाल आईडलका दोस्रो रनरअप तथा युवा पुस्ता माझ अति रुचाईएका युवा गायक प्रताप दासको नयाॅं गित सार्वजनिक गरिएको छ ।“भ्रस्टाचार गर्दा गर्दै’ बोलको गितको भिडियो सहित बुढ़ा सुब्बा डिजिटल को अफिसियल यूट्यूब मार्फ़त सार्वजनिक भएको छ ।

गीतमा चन्द्रज्योति ढुंगानाको शब्द/संगीत रहेको छ ।

संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् । भिडियो कन्सेप्ट राजु अधिकारी र राजेश राउतको रहेको। भिडियोमा कलाकार हरुमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रसन्न कार्की, सुरेश तामांङ र बसन्त तामांङ रहेका छन।

भिडियो सम्पादन विकाश गुरुङ, छायांकन रवी कोइराला र निर्देशन चन्द्रज्योति ढुंगानाको रहेको छ ।

उक्त भिडियो अहिले नेपालको परिस्थितिमा सान्दर्भिक बनेको छ ।

प्रतिक्रिया