करेन्ट लागेर युवकको मृत्यु

इनेप्लिज २०७२ जेठ ३२ गते ११:०४ मा प्रकाशित

ElectricalSafety-300x254गौशाला, ३२ जेठ । महोत्तरी जिल्लाको गैँढाभेटपुर गाविसमा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गैँडाभेटपुर गाविस– ४ बस्ने मुस्लिम अन्सारीका छोरा २८ वर्षीय मोहम्मद वाहिद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अत्याधिक गर्मी भइरहेका बेला युवक अन्सारी आफ्नै सुत्ने कोठामा विद्युतीय पङ्खा जडान गर्न खोज्दा पङ्खाको तारमा विद्युत् प्रवाह भई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

मृतक युवकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

प्रतिक्रिया