कतारबाट तय भएको पहिलो उडान रद्ध

भोला थापा क्षेत्री दोहा २०७७ असार १ गते १८:४० मा प्रकाशित

 

भोला थापा क्षेत्री दोहा । कतारको दोहाबाट तय भएको पहिलो उडान रद्ध भएको छ । कतार स्थित नेपाली राजदुतावासले समाजिक संजालमा सूचनामा राख्दै दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारण देखाउँदै उडान स्थगित भएको जानकारी गराएको हो ।

दुतवासले नयाँ उडान तालिका तय भएपछि सबैलाई जानकारी गराउने सूचनामा उल्लेख छ ।

कतार स्थित नेपाली राजदूतावासको सूचनामा भनिएको छ

जरुरी सूचना ।

गत २०७७ जेठ ३० गते यस राजदूतावासबाट जारी भएको सूचनामा उल्लेख गरिए अनुसार दोहाबाट काठमाण्डौका लागि १६ जुन २०२० मा नेपाल एयरलाइन्सको र १७ जुन २०२० मा हिमालय एयरलाइन्सको उडानहरु प्राविधिक कारणले हुन नसक्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरिन्छ ।

उक्त उडानहरुको नयाँ तालिका तय भएपछि जानकारी गराइने व्यहोरा समेत सबैमा अनुरोध छ ।

नेपाली राजदूतावास, दोहा
२०७७ असार १

प्रतिक्रिया