पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्याङ्जाका एक व्यक्तिको मृत्यु भयो । केही दिन अघि भारतबाट आएका र पीसिआर रिपोर्ट नेगेटीभ भएका व्यक्तिको ज्यान गएपछि चेकजाँच गर्ने चिकित्सक र कर्मचारीमा त्रास पैदा भएको छ । पीसिआर नेगेटीभ भएपछि घर गएका उक्त व्यक्ति एक्कासी बेहोस भएपछि पोखरा ल्याईएको र अस्पतालले मृत घोषित गरेको थियो ।
सामान्य बिरामी सम्झेर नर्मल रुपमै उपचार गराएको र पछि भारतबाट आएको थाहा भएपछि संलग्न चिकित्सक र कर्मचारी त्रासमा रहको थाहा हुन आएको छ । यद्यपी पुन स्वाब संकलन गरेर पठाईएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया