कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कास्कीले कोरोना भाइरसका कारण कुनै व्यक्तिको मृत्यु भइहालेमा शव व्यवस्थापन गर्न २२ जनाको दस्ता तयार गरेको छ । सुरक्षाका ३ वटै निकायको संलग्नतामा उक्त टोली तयार राखिएको हो।
केन्द्रले पोखरामा जेठ ९ देखि ११ गतेसम्म ३ दिन टोलीलाई आवश्यक तालिमसमेत प्रदान गरेको थीयो । नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीका ५,५, कास्कीका ५ वटै तहका १,१ जना प्रतिनिधि र रेडक्रस सोसाइटीका २ जना प्रतिनिधि टोलीमा समावेश छन् ।
कोरोनाबाट यदि कसैको मृत्यु भइहालेमा शव व्यवस्थापन मुख्य चुनौतीको रुपमा देखिएको छ,’ यसैलाई मध्यनजर गर्दै पोखरामा भने शव कसरी व्यवस्थापन हुन्छ भन्ने आज एक कार्यक्रममा प्राक्टीकल गरेर देखाएका थिए परीवार बाहेक अरु कसैले हेर्न नपाउने यो दृश्य हामीले तपाईहरु माझ प्रस्तुत गरेका छौ कसरी गरीन्छ त शव व्यवस्थापन यो भिडीयो हेर्नुहोस
प्रतिक्रिया