दिबेश पोखरेल अमेरिकन आइडलमा उप बिजेता बने

विजय थापा २०७७ जेठ ५ गते १:५६ मा प्रकाशित

डिसी । नेपाली मूलका दिबेश पोखरेल अमेरिकन आइडलको १८ औ संस्करणमा ५ औ स्थान हुँदै दोश्रो स्थानमा पुगेता पुगे पनि अमेरिकन आइडल २०२० को बिजेता भने हुन् नसकेता पनि नेपाली र नेपालको नाम राखे ।

अमेरिकन आइडल २०२० को बिजेता जस्ट साम भईन भने दिबेश पोखरेल दोश्रो स्थानमा पुग्न सफल भए । उनले बिदेशीलाई अझ नेपालको बारेमा चिनाए ।

दिबेश अर्थात् अर्थर गन उत्कृष्ट ७ औ मा पर्न सफल भएका थिए । अन्तिम निर्णायक समारोहमा ७ औ प्रतियोगी मध्ये उनि उप बिजेतामा पर्न सफल भएता पनि अमेरिकन आईडल २०२० को बिजेता भने बन्न सकेनन ।

पोखरेलको अद्वितिय स्वर भएता पनि मतदानको कारण दर्शकले अन्य प्रतियोगीलाई ज्यादा मन पराएको हुनाले उप बिजेतामा चित्त बुझाउनु पर्यो ।

७ जना मध्ये दुई जना तुरुन्तै बाहिरिएका थिए भने दिबेश पोखरेल(अर्थर गन) ५ औ स्थान सम्म टिकेका थिए । र,अन्तिममा उनि दोश्रो स्थानमा रहन सफल भए ।

https://www.facebook.com/AmericanIdol/videos/681982145933747/

अमेरिकाको ईतिहासमा पहिलो पटक नेपाली मूलका दिबेशले सुनौलो अक्षरमा आफ्नो नाम लेखाएका छन् । उनले दोश्रो पुस्तालाई बाटो खोली दिएका छन् ।

यहाँ सम्म पुग्नु नै सम्पूर्ण नेपाली समुदायको लागि अमेरिकन आइडल बिजेता सरह हो । त्यो भन्दा दिबेशको प्रस्तुति कुनै कमजोरी रहेनन् । उनि सबैका प्रेरणाका श्रोत भएका छन् ।

सबैका प्रिय भएका छन् । लाखौ लाख प्रशंसक बनाउन सफल भए ।

अमेरिकामा रहेका सम्पूर्ण नेपालीले उनलाई जिताउन हर सम्भव प्रयास गरे । तर पनि ३० करोड जन जनसंख्या भएको राष्ट्रमा नेपाली समुदायको संख्या ३ लाख हाराहारीमा रहेता पनि सबै एक जुट भै दिबेश पोखरेललाई अमेरिकन आइडलको ताज लगाएको हेर्न चाहन्थे ।

अमेरिकामा नयाँ पुस्ता र बिसेष गरि दोश्रो पुस्ताले उनिबाट थुप्रै कुराहरु सिक्न सक्नु पर्छ । अमेरिका आएको केवल ५ बर्ष भित्र नै अमेरिकन आइडलमा सहभागी हुन् पाउने पोखरेल भाग्यशाली हुन् र उनि भित्र निहित प्रतिभाको कारण यहाँ सम्म उनले यात्रा गर्न सके ।

अमेरिकन आइडल २०२० को १८ औ संस्करणमा ७ औ प्रतियोगिहरुमा डिलोन जेम्स,अर्थर गन( दिबेश पोखरेल) फ्रान्सिस्को मार्टिन,जोनी वेस्ट,जुलिया गारगानो ,लुइस नाईट तथा जस्ट साम रहेका थिए ।

तर ५ औ स्थानमा डिलोन जेम्स,अर्थर गन( दिबेश पोखरेल),फ्रान्सिस्को मार्टिन,जोनी वेस्ट र जस्ट साम परेका थिए ।

कोरोना भाइरसको कारण सबै कलाकारहरुले घरबाटै प्रस्तुती गरेका थिए । ५ जनाले दुई / दुई वटा गीत प्रस्तुत गरेका थिए ।

लामो समय देखि अमेरिकन आइडलका कार्यक्रम प्रस्तोता रहेका रायन सिक्रेस्टले कार्यक्रम संचालन गरेता पनि उनलाई निर्णायक ल्युक ब्रायन,केटि पेरी र लोयोन रिचीले साथ दिएका थिए ।

https://www.facebook.com/AmericanIdol/videos/2958579047567345/

 

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया