धुर्मुस र माग्नेबुढाको पहिलो भेट यसरी भएको थियो, सहकार्य टुट्यो आत्मियता टुटेन

इनेप्लिज २०७७ जेठ १ गते २:२८ मा प्रकाशित

धुर्मुस र माग्नेबुढाको पहिलो भेट यसरी भएको थियो, सहकार्य टुट्यो आत्मियता टुटेन

लोकप्रिय हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले बुधबार आफ्नो जन्मदिन मनाए । उनी ४३ पूरा भएर ४४ वर्ष लागेका छन् ।

हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट माग्ने बुढाका रुपमा चिनिएका हुन् केदार । उक्त टेलिश्रृंखलामा सिताराम कट्टेल (धुर्मुस)सित उनको जोडी खुबै जमेको थियो । मानिसहरुले उनीहरुलाई भावी मह जोडीको रुपमा हेर्न चाहेका थिए ।

तर, अहिले उनीहरु अलग-अलग छन् । बीचमा उनीहरुभित्र गम्भीर मनमुटाब भएर बोलचाल बन्द भएकोसम्म खबरहरु आए । तर पछिल्लो समयमा उनीहरुबीच पुरानै सौहार्द्रता देखिन्छ ।

प्रतिक्रिया