भारतीय दादागीरी बिरुद्ध भारतीय बिस्तारबाद मुर्दावाद भन्दै ‘दुख्यो लिपुलेक’ (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख २९ गते २३:२६ मा प्रकाशित

 

भारतले नेपाली भूमि लिपुलेक हुँदै तीब्बतको मानसरोबर जोड्ने ट्र्याक खोलेर उद्घाटन गरेको विरोधमा निस्किएका ३० जनालाई काठमाडौंको माइतीघर मण्डलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

लकडाउनको उल्लंघन गर्दै सोमबार दिउँसोसीमा रक्षा अभियानका अभियन्ता तथा विद्यार्थीहरुले विरोध गर्दै निस्किएपछि नियन्त्रणमा लिइएको जानकारी गराइएको छ ।

लकडाउनको समयमा पाँच जना भन्दा बढी जम्मा हुन नपाइने भएकाले हुल नै निस्किएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएकाहरुलाई पुलिस क्लबमा राखिएको जानकारी गराइएको छ । विरोध प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाएका छन् ।

यसै बिषय बस्तुमा केन्द्रित हुदै गायक निलमणी भण्डारी ले पनि आफ्नो गित संगीत माफत सरकारको धयानआकर्षण गराउनु भएको छ ।

हेरौ भिडियो :

प्रतिक्रिया