कोरोना भाइरसवाट संक्रमित अम्वर मगरको अनुभव- लक्षण विना कोरोना संक्रमण हुंदो रहेछ (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख १३ गते १७:११ मा प्रकाशित

नर्थ क्यारोलाईनाको हाइपोइन्ट र वरपर बस्ने नेपालीहरूमा कोरोनाको संक्रमण देखिएको छ । नेपालीहरुको संस्था नासा अध्यक्ष विनय अर्यालका अनुसार अहिले सो क्षेत्रमा २ दर्जन भन्दा वढी मानिसलाई संक्रमण देखिएको छ । कोरोना संक्रमण हुनेमध्ये एक अम्वर मगर (तस्विरमा हरियो घेरामा हुने)ले आज इनेप्लिजको फेसवुकमा आएर आफ्ना अनुभव सुनाउनु भएको छ । सुनौ उहांका अनुभवहरु :

पत्नीलाई अलिअलि ज्वरो आयो । पखाला पनि लाग्यो । जचाउन गयौं । कोभिड १९ भएको पाइयो । एकैघरमा वस्ने म, वहिनी र छोरीलाई कुनै लक्षण देखिएको थिएन । तर पनि एउटै घरमा वसेकोले मेरो र वैनीको पनि स्वास्थ परीक्षण गराउंदा संक्रमित देखियौ । परिवारका सवै सदस्यलाई संक्रमण भएपछि छोरीलाई पनि वाहिर पठायौ । अहिले हामी तीनजना तीनवटा कोठामा वसेका छौं । घरभित्र पनि मास्क लगाउंछौ । सवैका खाने भांडाकुंडा फरक फरक वनाएका छौं । आफ्नै पत्नी र वहिनीसंग पनि टेलिफोनमा कुराकानी गर्छु ।

मैले काम गर्ने ठाऊमा पनि आफु संक्रमित भएको जानकारी गराइ सके । डा. योगी विकासानन्दको कार्यक्रम हेर्छु । मनोवल उच्च राखेको छु । पहिला त खास केही थिएन तर जचाएर आएपछि भने शंका लाग्न थालेको छ । खोकी लागि रहेको छ ।

चिकित्सकहरुसंग परामर्श भइरहेको छ । उहांहरुले भिडियोमा कुराकानी गर्ने भन्नुभएको छ । खानेकुरामा चिकित्सकहरुले केही पनि सुझाव दिएका छैनन् ।

म आम नेपाली समुदायलाई आफुलाई शंका लागेमा वा आफन्त कसैलाई कोभिड भएको भएमा जांच गराउनुहोला । समयमा जचाउन गएमा आफु पनि वचिन्छ र अरुलाई पनि सर्नवाट वचाउन सकिन्छ । परिवारमा एकजनालाई छ भने अरुलाई पनि सर्ने रहेछ । यो संक्रमणको वारेमा कुनै सुचना नलुकाऊ । यो टेष्ट गराउंदा कुनै आफ्नो खर्च पनि लाग्दैन ।

भिडियोमा नासा अध्यक्ष विनय अर्यालले पनि त्यहांको अवस्थाको वारेमा प्रष्ट पार्नुभएको छ ।

हेरौ भिडियो विस्तृतमा

https://www.facebook.com/enepalese/videos/179857429802527/

 

 

प्रतिक्रिया