आहा काठमाडौं (फोटो फिचर)

शव्द : टंक पन्त/ तस्विर : शोभा शर्मा २०७७ वैशाख ५ गते २:१६ मा प्रकाशित

शव्द : टंक पन्त / तस्विर : शोभा शर्मा

काठमाडौ । काठमाडौं यति सुन्दर छ भन्ने धेरैलाई सम्झना पनि नहोला । धुलो, धुंवा र भीडभाडको पर्याय वनेको काठमाडौ आजकल सफा छ, शान्त छ । लकडाउनले जनतालाई समस्या त भएको छ तर कोरोनाको संक्रमण विकराल नहोस् भन्नका लागि तत्काललाई विकल्प पनि त छैन ।

साधन र स्रोतमा धनी मानिएका अमेरिकन र युरोपियन देशहरुलाई त्राहीत्राही वनाइ रहेको कोरोना संक्रमण नेपालमा फैलिन नदिनु सवैको दायित्व भएको छ । लकडाउनलाई लम्व्याइ राख्नु परेको छ । लकडाउनलाई उपयोग गर्दै अहिले काठमाडौंको रुप फेर्न सरकार लागेको छ ।


सडकका खाल्डा पुरिएका छन् । सडक चिन्हहरु रिमार्किङ गरिएको छ । हटाउन मिल्ने पुराना संरचनाहरु हटाइएको छ । आकास सफा छ । तुंवालो हटेकोले काठमाडौं वरपरका हिमालहरु मजाले खुलेका छन् ।

सामाजिक दुरी (सोसियल डिस्टेन्सिङ) कायम राख्दै सडक बिभागले कामलाई तीव्रता दिएको छ । सफा सडकमा छिटफुट सवारीहरु कति राम्रो देखिन्छ । सवारी र मानिसको आऊजाऊ विनाको काठमाडौंको परिकल्पना त गर्न सकिन्न तर यो सुन्दरता चाहिं सदैव कायम गरिदिए आहा काठमाडौं हुने थियो ।

प्रतिक्रिया