आकाशकी जूनचरी नाचाैं आऊ बेसरी
फूलले हाम्लाई देलिन् सुगन्धकाे बाँसुरी
आकाशकी जूनचरी…
जुनकीरीले बोलाउलिन् उजेलीका चमचम
रूखका डाली नाच्देलान् देखिएलान् गमगम
आकाशकी जूनचरी…
पत्रपत्र छम्छमाई पड्काउलान् चुड्की
पानीका ती थाेपा खस्दा घुड्काऊँ राग घुड्की
आकाशकी जूनचरी…
काेइलीले देलिन् हाम्लाई सारेगमसारे
ढिकुर्नीले पठाउलिन् मिलनका गाना रे
आकाशकी जूनचरी…
चरी भन्छ हामीलाई जुध्नू जीवन माैरीझैं
उड्न मन भए आकाश हेर्नू हाम्लेझैं
आकाशकी जूनचरी…
मानवता बन्नुपर्छ नहल्लिने मियाेझैं
तिम्ले भाेग्ने जीवन बल्नुपर्छ दियाेझैं ।
आकाशकी जूनचरी…
जगन्नाथ पाैडेल
– हाल अमेरिका
प्रतिक्रिया