“मैले लाको बाली किन “ म्युजिक नेपालबाट बजारमा

इनेप्लिज २०७६ चैत २६ गते १८:२८ मा प्रकाशित

 

ईनेप्लिज

कवि,लेखक तथा गीतकार विकास थापाको शब्द रचना रहेको आधुनिक गीत “ मैले लाको बाली किन असिनाले गोड्यो “ ल्यारिकल भिडियो सहित बजारमा आएको छ । बरिष्ठ संड्गीतकार सन्तोष श्रेष्ठको उत्कृष्ट संगीत संयोजन रहेको यस गीतमा बरिष्ठ गायक तथा सॅड्गीतकार मनोजराज शिबाकोटीको कर्ण प्रिय स्वर रहेको छ ।

अकस्टिक नेपालमा रेकडिड्ग गरिएको यो गीतको रेकडिस्ट राजुबाबु थारू हुनुहुन्छ भने अरेन्जिड्ग देवेन्द्र नेवा: को रहेको छ । म्युजिक नेपालबाट बजारमा आएको यो गीतमा पृथक किसिमको सॅगीत भरिएको बताउनु हुन्छ बरिष्ठ सॅगीतकार सन्तोष श्रेष्ठ । गीत लेखाई , शब्द र लय अल्लि फरक किसिमको हुनाले सॅगीत भर्दा गीत भित्र केही जटिल हर्कत र खिड्की राखिएको थियो तसर्थ पनि यो गीत केही फरक शैलिको बनेको हुनाले जो कोहिले गाउन निक्कै कठिन थियो । तसर्थ यो गीत मनोजराज जी ले गाउनु भएको हो भन्नु हुन्छ सॅगितकार । यो गीत आजकालका गायक गायिकाले गाउने बिकाउ र चटपटे गीत भन्दा भिन्न छ ।

मैले लाको बाली किन असिनाले गोड्यो
मेरै खरको झुपडीलाई कुन हुरीले तोड्यो
भन्देऊ है साइॅली मै हुॅ वियोगी
त्यो पाटीमा रोई बस्ने मै हुॅ त्यो रोगी ……

नेपाली सुगम गीत सॅगीतको क्षेत्र केही खस्किएको समयमा यस्ता गीतले यस क्षेत्रलाई जोगाई राख्न ठूलो मद्दत गर्नेछ । गीत उत्कृष्ट हुन तीनै पक्षहरू शब्द , सॅगीत र गायनको सॅयोजन ठिक ढॅड्गले मिल्नु पर्छ भन्नुहुने सॅगीतकार यस गीत भित्रको तीनै पक्ष निक्कै उत्कृट हुनुको साथै अन्य गीत भन्दा पृथक रहेको बताउनु भयो । यस्ता प्रकारका गीतहरूले नेपाली गीत सॅगितको क्षेत्रमा नयाॅ मानक , नयाॅ तरिका , भविष्यमा थप उचाई स्थापित गर्न सक्छन् ।

प्रतिक्रिया