वीरेन्द्र रावल धनगढी,चैत्र १७÷बरु मरेपनि आफ्नै भूमिको छेउमा पुगेर मरौंला, भारतमा भोक भोकै मर्नु भन्दा भनेर सोमबार महाकाली नदीमा हाम फालेका रमेश बिष्टलाई नेपालको दार्चुलास्थित प्रहरीले नियन्त्रणमा लियो ।
दार्चुला मार्मा गाउँपालिका घर भएका बिष्ट तीन दिन देखि भारतको पिथौरागड जिल्लाको धार्चुलास्थित भारत तर्फको नदि किनारमा तीन दिनदेखि भोकभोकै नेपाल सरकारले देश प्रवेश गराउला भनेर प्रतिक्षामा थिए ।
उनि जस्तै भारतबाट पैदल यात्रा गरि नेपाल भारतको सीमानामा पर्ने भारतको धार्चुला जिल्लाको सीमा नदी महाकाली किनारमा पुगेका बैतडी जिल्लाको डिलाशैनी गाउँपालिकाका ईन्द्रराज खत्री र धनराज धामी पनि संगै कपडा खोलेर महाकाली नदीमा हाम फाले ।
तीनै जना सकिनसकी महाकाली नदीको पानीको घुट्को निल्दै नेपाल तर्फको किनारमा त लागे तर नेपाल प्रवेशको अनुमतिनै नपाएका कारण उनिहरु तीनै जनालाई दार्चुला प्रहरीले सोमबार बिहान नियन्त्रणमा लियो ।
तीन दिनदेखि महाकाली किनारमा पुगेका ५ सय ४५ जना नेपालीहरुले धार्चुलाको नदी किनारबाट नेपाल सरकारसंग आफ्नो देश प्रवेश गर्न देउ भन्दै गुहार गर्दै आईरहेका थिए ।
तीन दिन सम्म नारा जुलुश गर्दै हार गुहार गर्दै आईरहेका भारतका विभिन्न शहरहरुबाट नदी किनार सीमाना सम्म पुगेका नेपालीहरुलाई नेपाल प्रवेश नदिएको झोंकमा आफुहरुले बरु मरेपनि मरौंला बाँचे आफ्नो देशको किनारमा त प्रवेश गरिएला भनेर ज्यानको माया मारेरै नदीमा हाम फालेको कुरा बैतडीका ईन्द्रराज खत्रीले बताए ।
नेपाल सरकारले आफ्नो देश नभित्र्याएको र भारतीय एसएसबिले दिएको यातना खेप्न नसकेर पौडेर नेपाल प्रवेश गर्नकै लागि नदीमा हाम फालेको बताएका छन् ।
भारत सरकारले लक डाउन गर्दा कामकाज ठप्प भएपछि पेटको जोहो गर्ने माध्यम नहुँदा पैदल दुरी तय गरेर पाँच सय ४५ जनाको संख्यामा रहेका नेपालीहरु नेपाल र भारतको सीमानामा पर्ने नेपालको दार्चुलासंग सीमाना जोडिएको भारतको दार्चुला स्थित महाकाली नदीको किनारमा बगरमा खुल्ला आकाशमा बसिरहेका मध्ये तीन जना मात्र नेपाल प्रवेश पाएका छन् भने अन्य नागरिकहरु उतै अलपत्र परेका छन् ।
कामकाज ठप्प भयो, शाहुले काम छैन तिमीहरु खाली बसेर केगर्छौ भन्यो, भारतमा पनि क्रोनाको संक्रमण बढ्न थालेपछि गाजीयावादबाट ५ दिनको पैदल यात्रा पछि धार्चुला पुगिएको बताउनु हुन्छ बैतडी डिलाशैनीका धनराज धामी ।
नेपाल सरकारले लक डाउन गरेको देस्रो दिन १ हजार ८ सयको संख्या धार्चुलामा अलपत्र परेका नेपालीलाई जिल्ला प्रशासन कार्यालय दार्चुुलाले नेपाल भित्रयाएको थियो । भारतबाट नेपाल आएका व्यक्तिहरु क्वारेन्टाईनमा नबसेर सोझै घर जाने र गाउँघरमा पनि ठूलो संक्रमणको अवस्था आउने भएकाले प्रकृया पुगाएर उनिहरुलाइ क्वार्रेन्टाईनमा राख्ने शर्तमा नेपाल सरकारको निर्णय भएपछि उनिहरुलाई नेपाल प्रवेश गराने तयारी भैरहेका कुरा दार्चुला जिल्लाका प्रमूख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।
तीन दिन सम्म महाकाली नदीको बगरमा नेपाल सरकारलाई आफ्नो देश प्रवेश गराउन माग गर्दापनि नेपाल प्रवेश नदिएका कारण कतिपय महिला बालबालिका र बृद्धहरुसमेत निराश भएका छन् ।
भारतीय एसएसबिले पहिलो दिन निकै यातना दिएको ,किन आईस लक डाउनको उल्लंघन गरेर भनी यातना दियो, त्यसको एक दिन पछि सामान्य चिउरा खान दियो त्यसपछि वास्तानै नगरेका कारण नेपालीहरु भोकभोकै अलपत्र परेको कुरा बताउछन् रमेश बिष्ट । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार डोटी घर भएका १०५,डडेल्धुराका २७, कैलालीका ७७,बैतडीका २ सय,दार्चुलाका ९४ र बझाङ जिल्लाका गरी १ सय ९८ जना भारतका विभिन्न स्थानबाट दार्चुलाको सीमानामा तीन दिन पहिले पुगेका थिए ।
उनिहरु मध्ये तीन जना मात्रै महाकालीमा पौडेर सोमबार नेपाल प्रवेश गरेका छन् । उनिहरु दार्चुलामा क्वाईरेन्टाईनमा राखिएको बताइएको छ ।
सम्पर्क ९८५८५२०६४३ धनगढी कैलाली
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया