अमेरिकामा आगामी तीन साता संक्रमण भयावह हुने

यादवराज जोशी २०७६ चैत १३ गते ११:५१ मा प्रकाशित

कोरोना भाईरस (कोभिड १९) को बढदो संक्रमणका कारण आगामी तीन साता भयावह हुने अमेरिकी संक्रमण विज्ञहरुले बताएका छन् । अमेरिकामा प्रत्येक तीन दिनमा संक्रमण दोब्बर बन्दै गएको छ । यसैगरी, कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढीरहेको छ । अमेरिकामा आईतबार कोरोनाबाट मृत्यु हुनेको संख्या तीनसय २६ रहेकोमा बिहीबार बिहानसम्म मृतकको संख्या एकहजार ५४ पुगेको छ । अमेरिकामा कुल संक्रमितको संख्या ६९ हजार  पुगेको छ ।

बुधबार मात्र अमेरिकामा दुईसय २३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या एकसय ६४ थियो । अमेरिकामा कोरोना संक्रमणको केन्द्र न्यूयोर्क राज्य रहेको छ । यहाँ ३३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने न्यूयोर्क महानगरमा मात्र २० हजारभन्दा बढीमा कोरोना संक्रमणको पुष्ठी भएको छ । न्यूयोर्कमा नजिकका राज्य न्यूजर्सी र कनेक्टिकटमा क्रमशः करिव चारहजार र एकहजारमा संक्रमण देखिएको छ ।

क्यालीर्फोनियामा पनि ीसथती भयावह बन्दै गएको छ । बुधबार मध्यरातसम्म क्यालीफोर्नियामा तीनहजार एकसय ६६ मा संक्रमण देखिएको छ । क्यालीफोर्नियामा बे एरियामा ११ सय ७६ मा कोरोना पुष्टी भएको छ । टेक्सासमा एकहजारभन्दा बढी संक्रमणको पुष्टी भएको छ ।

विश्व स्वास्थ्य संगठनले सोमबार अमेरिका कोरोना संक्रमणको केन्द्र बन्ने चेतावनी दिएको थियो । यसलाई अमेरिकी स्वास्थ्य अधिकारीहरुले ठाडै अस्वीकार गरेका थिए । तर, अमेरिकामा बढदै गएको संक्रमणले
संगठनको चेतावनीलाई पुष्टी गर्दैछ । अमेरिकामा कोरोना संक्रमण चीन र ईटलीपछि तेस्रो छ । यस्तै कोरोनाबाट मृत्यु हुने संख्याको आधारमा अमेरिका छैठौं स्थानमा छ ।

अमेरिकामा जुन गतिले संक्रमण बढीरहेको छ त्यसलाई हेर्दा आगामी तीन साता स्थिती भयावह हुने विश्लेषण जन स्वास्थ्य विज्ञहरुको छ । “आगामी तीन सातामा संक्रमण चरम उत्सर्गमा पुग्ने छ,” नाम नखुलाईएका जन स्वास्थ्य विज्ञलाई उदृख गर्दै सिएननले विहिबार लेखेको छ । अमेरिकाले सोसिएल डिस्टेन्सिड. लाई बढीभन्दा बढी कार्यान्वयनमा ल्याएर कोरोना संक्रमण रोक्ने प्रयास गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउदै आएका छन् । तर, यसले मात्र संक्रमण मथ्थर हुन निकै कठिन छ ।

स्रोतः सिएनएन, फक्स न्यूज, दि हिल र अन्य समाचार एजेन्सीहरु

तस्वीर स्रोतः ३६ डेली न्यूज

प्रतिक्रिया