कृष्ण थापा र अनिता मगरको टिकटक सार्वजनिक

इनेप्लिज २०७६ फागुन १९ गते २१:३१ मा प्रकाशित

काठमाडौ :- युवा सामाजिक अभियान्ता कृष्ण थापाको शब्दमा नयाँ गित टिकटक सार्वजनिक भएको छ । लाखौँ गरिब दुखीको भगवान बन्न सफल अर्घखाचीका थापा प्रदेशमा रहेर सामाजिक काममा उत्तिकै सक्रिय साथै गीत संगितमा पनि कलम चलाउने गर्दछन । नयाँ गीत टिक टक उनै अभियान्ता कृष्ण थापाको शब्दमा बजारमा आएको छ भने बसन्त लम्साल र अनिता मगरको आवाजमा रहेको छ । गीतमा गायक बसन्त लम्सालको नै लयमा रहेको छ । पछिल्लो समय हामी धेरै ब्यक्तीहरु टिकटकमा नै ब्यस्त भएका छौ ।

यो गितले अहिलेको युवा पुस्तामा भएको टिकटक प्रतिको मोहलाई समेटेको छ । गीतको निर्देशक काजिस श्रेष्ठ, इडिट दिपक बिष्ट, क्यामेरा सागर गौतम , अभिनय सागर बोहोरा र करिष्मा ढकालले गर्नुभएको छ । गितको अडियो भिडियो एडि फिल्मबाट सार्वजनिक भएको हो ।

यस्तो छ भिडियो :

खोज संग्रह बाट

प्रतिक्रिया