भोटका कारणले शोबाट बाहिरिए पनि फेरी वाईल्ड कार्ड ईन्ट्री बाट धमाकेदार प्रस्तुती दिदै आएका सुमन कमेडी च्याम्पियनको फाईनलिष्ट हुन् । आज शुक्रवार ईटहरी उपमहानगरपालिकाको सभाहलमा भोट अपिल सहितको पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । जहाबाट सुनमले अहिले सम्म सहयोग गर्नै सम्पूर्ण नेपालि तथा पुर्वेलिहरुलाई धन्यवाद दिदै अब बाकि रहेको एक खुड्किलो पनि पार गराईदिन अनुरोध गरे । शोमा उनका हरेक प्रस्तुतिहरुले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएको छ ।
उनको वजनदार कन्टेन्ट र प्रस्तुती सँगै दर्शक तथा निर्णायकको साथका कारण पनि उनि नै बिजेताको भागेदार हुन भन्न सकिन्छ । उनले फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्दैछन । शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार उत्कृष्ट १५ देखि यता कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको हातमा सुम्पिदै आईएको छ ।
प्रतिक्रिया