गीतकार साहित्यकार कमला न्यौपानेको शब्दमा (होली रंग होली रंग) गीतको भिडियो चर्चामा

इनेप्लिज २०७६ फागुन १३ गते २३:०१ मा प्रकाशित

गीतकार कमला न्यौपानेको शब्दमा होलीलाई मध्यनजर गर्दै (होली रंग होली रंग) बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार कमला न्यौपाने देश बाट बाहिर अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई असाध्यै मायाँ गर्ने गीतकार हुन् । उनले गीत अलावा कबिता मुक्तक गजल हरु लेख्ने गर्छिन ।

बेलाबेलामा आफ्नो रचना मार्फत नेपाली गीत संगीत बजारमा गीतको भिडियो ल्याउने गर्छिन त्यसै क्रममा अहिले होली रंग होली रंग गीतको भिडियो सार्वजनिक गरेकी छन् ।गीतलाई अमेरिकामा बसोबास गर्दै आएका चर्चित संगीतकार येदीन गजमेर’ले संगीत गरेकाछन् भने गीतलाई चर्चित गायिका अमेलिना राई र गायक अनुप रेग्मी’ले गाएका छन ।

गीतको भिडियोमा निर्देशन प्रकाश धिताल ‘ छायांकन बुद्ध थापा’ सम्पादन बिकाश दाहाल’को रहेको छ भने’ भिडियोमा जीवन भट्टराई कमल सिंह’ रिचा थापाको अभिनय रहेको छ । सार्वजनिक उक्त गीतलाई तरंग एल्बममा समावेश गरिएको छ ।

भिडियोलाई रिदम इन्टरटेनमेन्टको युट्युब च्यानलमा हेर्न सकिन्छ :

प्रतिक्रिया