पोखरामा नमस्ते ब्याण्डले भब्य कन्सर्ट गर्ने (प्रेस बक्तव्यसहित)

इनेप्लिज २०७६ फागुन ७ गते २२:४१ मा प्रकाशित

नमस्ते व्याण्डको ३१औं वार्षिकउत्सवकोअबसरमा यही फाल्गुन १० गते अर्थात् २२फेब्रुरी शनिबारका दिन पोखरा लेकसाइड स्थित बाराहीघाट ( ढुगां चढेर मन्दीरजाने बाटो संगै रहेको फुटवल ग्राउन) मैदानमा १५औं महाशिवरात्री विश्व संगीत महोत्सव २०२० को आयोजना हुने भएकोछ।

नेपाल राष्ट्रका ख्याति प्राप्त राष्ट्रीय र अन्तराष्ट्रीय स्तरका गायक गायीका को सहभागीता रहने उक्त कार्यक्रमको अवलोकन र भ्रमण गर्न दुई सय रूपैया दर  तोकिएको आज पर्यटन बोर्डमा आयोजित पत्रकार भेटधाटमा आयोजकले जनाएको छ।

३० वर्ष अगाडी नेपाली तथा जापानी जसमुदायका सदस्यहरु मिलेर (नेपाल र जापानमा) स्थापना भएको नमस्ते व्याण्ड यही २०७६ साल देखि ३१औं वर्षमा प्रवेश गरेको हो।

जापान बाट नै पहिलो पटक नेपालको पहिलो गीति सिडी एल्वम् (एकता) राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा जापानबाट उत्पादन तथा विक्रि वितरण गरि नेपाल को पहिलो नेपाली व्याण्डको रुपमा स्थापित भएको हो।

 

प्रतिक्रिया