चन्द्र के सी काठमाडौं –नेपाली लोक गीतको संगीतको बजारमा गीतसंगीत विधाका हरेक गीत संगीतहरु बजारमा आउने क्रममा प्रेमदिवसको अवसर पारेर हरि क्षेत्रीको प्रस्तुतिमा प्रविशा अधिकारि र सुबिन श्रेष्ठको स्वरमा”फोटो खिचिक्क”सार्वजनिक भएको छ ।
गीतमा केशब शर्मा (बेलवासे)को शब्द र कृष्ण भारध्वजको संगीत रहेको छ भने गीतसंगीतको क्षेत्रमा बिगत लामो समय देखि निरन्तर संघर्ष गर्दै आएका नायक तथा मोडल प्रथम क्षेत्री र उषा उप्रेतीको अभिनय रहेको छ । यो म्युजिक भिडियोमा प्रथम क्षेत्रीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् भने ज्ञानेन्द्र शर्माको छायाकन रहेको म्युजिक भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । यो म्युजिक भिडियोलाई प्रथम क्षेत्रीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो
प्रतिक्रिया