संचारकर्मी दिपेन्द्र घिमिरेको शब्दमा गायिका मेनुका पौडेलको स्वर रहेको गीत ‘रङ्ग भित्रको’को भिडियो सार्वजनिक भएको छ । गीतमा एस.डी योगीको संगीत रहेको छ भने संगीत संयोजन रिकेश गुरुङले गरेका हुन् ।
एक रानीको राजासंगको मायाको चाहा र रानीको मायाको चाहालाई बेवास्ता गर्ने राजाको कथा प्रस्तुत गरिएको सार्वजनिक गीतको भिडियोमा नायक निराजन प्रधान र नायिका नीता ढुंगानाको अभिनय रहेको छ । भिडियोमा शान थापाको निर्देशन, अनिल के. मानन्धरको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?time_continue=1&v=NLUFrYbX7eA&feature=emb_logo
प्रतिक्रिया