स्कुलमा आत्माले सताए पछि रात भरि चिन्ता (भिडियो सहित)

इनेप्लिज २०७६ मंसिर १७ गते २:५० मा प्रकाशित

मंसिर १६

मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र रातो बस्त्र ओढेको भुत जस्तो आकृतीको महिला देखिने र कक्षा ४ देखी ६ सम्मका बिध्यार्थीहरुलाई सताउने गरेकाले स्कुलमा चिन्ता राखेको हो ।

बिध्यार्थीमा त्यस्तो समस्या आए पछि अविभावकको सुझाव अनुसार विद्यालय प्रशासनले शनिवार साझ लक्ष्मीमार्गका धामी मणी राईलाई विद्यालय परिसरमा लगेर चिन्ता वसायो । धामीले जोखना हेरेर विद्यालय परिसरमा आत्मा प्रवेश गरेको निरक्यौल गरे । “धामीले शनिवार साझ चिन्ता वसेर जोखना हेरे, झारफुक गरे र आत्मालाई मन्छाएर पछि आइतवारबाट बिध्यालय संचालन भएको छ ।

कक्षा ५÷६ मा अध्यान्रत विद्यार्थीहरुका अनुसार शौचालय पुग्ने वित्तिकै रातो र सेतो पहिरन लगाएकी महिला शरिर भरि चोटै चोट भएको आकृति देखिने र त्यो आकृतिले आफुलाई कुटपिट गर्ने, मार्छु भनेर गाली गर्ने र कुतकुती लगाउने गरेको बताउछन । उनिहरुले भने त्यस पछि आफुलाई केहि थाहा नहुने बेहोस हुने गरेको बताईन ।

मंसिर १० गते मंगलबार एक छात्रा बिध्यार्थी सौचालय गएर आए पछि रुने कराउने गर्न थालेकी थिन । कक्षा ४ देखि ६ सम्मका १०÷११ जना बिध्यार्थी सौचालय गएर आए पछि ट्वाइलेटमा रातो सेतो साडी लगाएको अदृष्य आत्माले हात खुट्टा तान्ने गर्यो भन्दै लड्ने घर जान नमान्ने एकोहोरो हुने, रुने, कराउने, हास्ने र चिच्याउने गरेको शिक्षिका डिका नेपाल बताउछिन ।

३ दिन सम्म लगातार दर्जनै छात्रा बिध्यार्थीमा मुर्छा पर्ने, हातखुट्टा चिसो हुने, लल्याकलुलुक हुने, रुने, कराउने, हास्ने समस्या देखा परेको स्थानिय निर्मल श्रेष्ट बताउछन । उनले भने “कहि कतै नदेखेको यो २१ औं सताब्धी बिज्ञानको युगमा भुत प्रेतमा बिश्वास हुन्न भन्छन तर आखै अगाडी यस्तो भयो चिन्ता राखे पछि सहज भएको छ रुढिबादि भनेर कसरी नमान्ने” ?

शिक्षक शिक्षिकाले बिध्यार्थीहरुमा यस्तो समस्या आए पछि अभिभावक बोलाएर बिध्यार्थी जिम्मा त लगाए तर भोलि पल्ट पनि स्कुलमा अगिल्लो दिन जस्तो छात्रा बिध्यार्थी बिरामी भए । बिध्यालय ब्यावस्थापन समितीको सल्लाह अनुसार बिहिबार बिध्यालय हाफ छुटि गरि चिन्ता राख्ने सहमती भयो । सोहि अनुरुप शनिवार रातभरी स्कुलमा धामी आएर चिन्ता बस्यो । सामाजिक संस्कार अनुसार धामीले आत्मालाई स्कुलको क्षेत्रबाट बाहिर निकालेको बिध्यालयका प्रधानाध्यापक तीर्थ राईले बताउछन । प्रधानाध्यापक राईले भने धामी (बिजुवा) को अनुसार केहि समय अघि उक्त क्षेत्रमा कसैको मृत्यू भई आत्मा भड्केकाले यस्तो दुख देको हो ३ बर्ष सम्म ३ चोटि चिन्ता बसे पछि उक्त समस्या समाधान हुने धामीले बताएको राई बताए ।

बिध्यार्थीमा समस्या देखापरे पछि २ दिन स्कुल बिदा भयो । शनिवार राति विद्यालयमा धामी वसाएर जोखना हेरी आत्मालाई स्कुल क्षेत्रबाट निकाली आइतबार देखि पुर्न स्कुल संचालन भएको छ । चिन्ता राखे पछि आइतबार स्कुलमा कुनै पनि त्यस्ता समस्या नआएको स्थानिय प्रदिप मगरको भनाई छ ।

कक्षा ४, ५ र ६ मा अध्ययन गर्ने छात्रालाई शौचालय गएर कक्षा कोठामा फर्के लगत्तै त्यस्तो लक्षण देखापर्ने गरेको थियो । लगातार तिन दिनसम्म बिध्यार्थीमा अनौठो प्रबिधी देखा परे पछि ३ दिन विद्यालयको पठन पाठन नै प्रभावित बन्यो । उक्त चिन्ता बसेको कुरा ३ दिन पछि थाहा पाएको बेलबारी नगरपालिकाले स्कुलको अनुगमन गरि उक्त कार्य गलत भएको बताएको छ । अनुगमन टोलिले प्रसासनलाई यस्तो गलत कार्य नगर्न निदेशन समेत गरेको छ ।

 

प्रतिक्रिया