भियनाको “बजार” मा नेपालको सहभागिता

बाबा राजेश्वरी थापा इनेप्लिजको लागी भियना, अस्ट्रिया २०७६ मंसिर ८ गते ४:२२ मा प्रकाशित


भियना स्थित नेपाली राजदुतावासको सकृयतामा १६ नोभेम्बर २०१९ मा तल्लो अस्ट्रिया(Lower Austria) को लिंज शहरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्यित गरी सांस्कृतिक र पर्यटकीय कार्यक्रम सम्पन्न गरेको एक हप्ता नपुग्दै राष्ट्र संघको कुटनैतिक नियोगसंग सम्बन्धीत महिलाहरुको सहभागितामा आज २३ नोभेम्बर २०१९ मा आयोजना गरिएको “बजार” नामक अन्तर्राष्ट्रीय कार्यक्रममा यस पटक पनि नेपालको सहभागिता रह्यो।

करीब ८० देशको सहभागिता रहेको उक्त कार्यक्रम “बजार” संयुक्त राष्ट्र संघको कोष संकलन गर्ने सबैभन्दा ठुलो च्यारिटी कार्यक्रम हो। यस कार्यक्रममा विभिन्न देशका सहभागीहरुले आफ्ना संस्कृती झल्किने सामान, खानेकुरा र पेय पदार्थ बिक्री गरेर कोष संकलन गर्ने गर्छन भने दाताहरु दिल खोलेरै चन्दा प्रदान गर्ने समेत गर्छन।

नेपालले पनि संस्कृती झल्काउने पोते लगायतका सामान र खाना बिक्री गर्नुको साथै भिजिट नेपाल २०२० को ठुलो पर्चा आफ्नो स्टलमा राखी अन्तर्राष्ट्रीय समुदायलाई नेपाल भ्रमण गर्न समेत प्रेरित र लालायित बनाएको थियो।

फोटो सौजन्य: श्रीमती सुसन सुवेदी

बाबा राजेश्वरी थापा

इनेप्लिजको लागी भियना, अस्ट्रिया

प्रतिक्रिया