शिवको स्वर, जीवनको शब्दमा ” देउसी ” गीत सार्वजनिक ( भिडियो

इनेप्लिज २०७६ कार्तिक १० गते १०:५४ मा प्रकाशित

 


दसैंको रमझम सकिए संगै उल्लास र उज्यालोको पर्व तिहार को सुरुवात भैसकेको छ। यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध छ । घर-घरमा दीप बालेर सजाइने हुनाले यो पर्वलाई दीपावली पनि भनिन्छ ।

तिहारको बेलामा समुहमा मिलेर गाइने गीत देउसी हो जुन तिहारको बेला मात्र गाइन्छ। यो एउटा पुरानो संस्कृति हो जसमा पुरुषहरू जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर गीत गाउँछन । देउसी खेल्न युवा र केटाकेटी मात्रै होइन, प्रौढ र पाका उमेरका मान्छेहरु पनि निकै रमाइलो मान्छन् । टोली नाइकेले लय हालेर नाटकीय शैलीले भट्टयाउने र सहभागीहरुले देउसीरे घन्काउँदै सामूहिक रुपमा नाँच्ने चलन रहेको छ ।

तिहारको अवसर पारेर गायक शिव लामिछाने सिवाजले ” देउसी ” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन। यस गीतमा शब्द र संगीत जीवनको रहेको छ भने संगीत संयोजन सुरज विश्वकर्माले गरेका हुन् । सन्दिप र सुरज विश्वकर्माको गितार बादन रहेको गीतमा सौगात रसाईलीको बेस गितार बादन रहेको छ । जीवन को मुख्य अभिनयरहेको भिडियोमा अन्य थुप्रै कलाकारहरुको अभिनय पनि भिडियोमा देख्न सकिन्छ । कसम नेपालको निर्देशनमा म्युजिक भिडियो तयार भएको हो । कार्टुन क्रुजको अफ़िसिएल च्यानल बाट सार्वजनिक गरिएको भिडियोलाई दर्शक सोर्ताको राम्रो प्रतिक्रिया प्राप्त भैरहेको छ ।

प्रतिक्रिया