काठमाडौँ : चर्चित गायक रुद्रसेन बिश्वकर्माको सुमधुर आवाजमा तिहार कोसेली “आयो है तिहार” को लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक रुद्रसेन विश्वकर्माको स्वरमा तिहारको शुभकामना तथा आशिष सहित बुढासुब्बा म्युजिक च्यानल मार्फत गीतलाई सार्बजनिक गरिएको हो ।
शब्द तथा संगीत गायक रुद्रसेन विश्वकर्माको नै रहेको यस गीतलाई मनोहर सुनामले एरेन्ज गरेका छन् । लिरिकल भिडियोलाई राजन कार्कीले सम्पादन गरेका हुन् । सार्बजनिक गीतलाई निर कुमारी विश्वकर्मा (सबिना)ले निर्माण गरेकी हुन् । भिडियो हेर्नुहोस :
प्रतिक्रिया