ज्ञानु राजबंशीको शब्द र निरोज लामाको स्वरमा देशभक्ति गीत ‘पागल’ सार्वजनिक [भिडियो ]

इनेप्लिज २०७६ असोज १६ गते ३:०५ मा प्रकाशित

 

गीतकार ज्ञानु राजबंशीले नयाँ देशभक्ति गीत ‘पागल’ सार्वजनिक गरेका छन। गायक निरोज लामाको स्वर , संगीत र एरेन्जमेन्ट रहेको गीतमा एक देशभक्त नेपालीले देखाउने देशप्रेमलाइ बर्णन गरिएको छ भने गीतको भिडियोमा गीतकार राजबंशीलेने नै गीतको भाव अनुसारको अभिनय गरेका छन ।

देशभक्ति गीत ‘पागल’ को म्युजिक भिडियोमा दिपुकृष्ण डंगोलको क्यामेरावर्क रहेको छ। हरि महर्जनको निर्देशनमा बनेको भिडियोलाइ ओ एस आर डिजिटलको अफिसियल युट्युब मार्फत डिजिटल बजारमा आएको हो ।

 

गीतकार ज्ञानु राजबंशीको यसै एल्बम ‘मेरो प्यारो नेपाल’ मा सामबेश गीत ‘मै हु ढाका टोपी यो’ गत बर्षको टोपी दिवसलाई मध्यनजर ‘ गर्दै सर्वाजनिक गरिएको थियो जुन धेरै रुचाइएको थियो । बि.स . २०२८ सालमा बिर्तामोड नगरपालिका _२ चारपाने, झापामा जन्मनुभएका राजबंशी भाषामा बिस २०७१ र २०७४ मा क्रमश: ‘प्रेमेर बाउधिया’ र “साली तोर मुई रसिया” गरी दुइ वटा गीति एल्बम आइसकेका छन भने उनले स्थानीय राजबंशी चलचित्र ‘बागनेर फुल’मा अभिनय समेत गरिसकेका छन। यसै एल्बममा समाबेश अन्य गीतहरुको पनि म्युजिक भिडियो छिट्टैनै निर्माण गरिने गीतकार राजबंशी जानकारी दिनु भयो ।

प्रतिक्रिया