ईटहरी/ गायन प्रतिभालाई उजागर गर्दै सबै माझ चिनाउने एउटा राम्रो माध्यमको रुपमा रहेको नेपाल आईडलको यतिबेला तेश्रो सस्करण संचालन भैरहेको छ । हाल देशका मुख्य सहरहरुमा अडिसन भैरहेको नेपाल आईडल अन्तराष्ट्रिय फ़्रेञ्चाईज हो । झरीको मौसम सुध्रिएर टन्टलापुर घाममा लामबद्ध रहेकाहरु कतिखेर आफ्नो पालो आउछ भनेर ब्यग्र प्रतीक्षामा रहेका थिए ।
यसै बिचमा अडिसन दिएर बाहिर निस्किएका एक प्रतिष्पर्धी आफुले गाउदा गाउदै पनि सेलेक्ट भईन भन्दै दुखेसो गर्दै थिए । उनका अनुसार निर्णायकले ३ ओटा गित गाउन लगाएका थिए, वेटिङ्गमा राखिएका उनलाई अन्तत सेलेक्ट नभएको उनले सुनाए । हेर्नुस उनले अडिसन स्थलमा गाएको गीत । बिभिन्न ठाउ अडिसन गर्दै मंगलबार बिर्तामोड अडिसन सम्पन्न गरेको छ ।
बिर्तामोडमा आफ्नो गलाको कला प्रस्तुत गर्न प्रदेश १ लगायत आसपासका सयौ प्रतिष्पर्धीको रुपमा लामबद्ध रहेका थिए । गाउन रहर गर्ने देखि गाएर आफ्नो करियर स्थापित गर्दै गर्नेहरुको ठुलै जमघटमा कतिले फर्म नपाईएला भनेर हारालुछ गरिरहेको दृश्य पनि रमाईलै देखिन्थ्यो । एपिवान टेलिभिजनबाट प्रसारण हुने नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामा र दोश्रो सिजनका बिजेता रवि ओड हुन् । अब तेश्रो सिजनमा कसले मार्छन बाजी ? त्यो भने प्रतिक्षाको बिषय बनेको छ ।
प्रतिक्रिया