सामाजिक सञ्जाल युट्युबको नेपाल ट्रेन्डिङ हेर्ने हो भने सातामा एउटा न एउटा भिडियो हास्यव्यंग्यसँग जोडिएकै हुन्छन्। त्यसमा पनि युवा पुस्ताले शुरु गरेका का शो त छुट्दै छुट्दैनन्। हास्यव्यंग्य विधा भन्नासाथ दुई हातका औँला भाँच्दैमा पुराना र नयाँ पुस्ताको संख्या सकिन्थ्यो। सन्तोष पन्त, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, लक्ष्मी श्रेष्ठ, शिवहरि पौडेल, किरण केसी, उज्ज्वल भण्डारी, दीपकराज गिरी, दीपाश्री निरौला, मनोज गजुरेल, शैलेन्द्र सिंखडा, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल, कुञ्जना घिमिरे आदि। यिनै नाम आउँथ्यो हास्यव्यंग्य कलाकार सम्झँदा।
तर अहिले अवस्था बदलिइसक्यो। रातारात कमेडी स्टार जन्मिरहेका छन्। नयाँ पुस्तामाझ लोकप्रिय पनि भइरहेका छन्। सहज डिजिटल प्लेटफर्मले संख्याको दायरा फराकिलो बनाउँदा नाम थपियो, अपूर्व क्षितिज सिंह, लेखमणि त्रिताल, प्रनेश गौतम, नमुना गिरी, सुजन जिम्बा, क्षितिज केसी, शिष्टता भण्डारी, सिम्रन पाण्डे, सञ्जु कटुवाल।
यस्तैमा माथि सुचीमा उल्लेखित एक नाम सुजन जिम्बा, मंगलबार उनले पोखराको कुन्तीमलमा आयोजन भएको कार्यकममा आफ्नो प्रस्तुति राखे l युटुबबाट सुरु भएको उनको कमेडी यात्रा रोमान्चक बन्दै गइरहेको छ l
कुन्ती मलको हल खचा खच भरिएको थियो ब्यपारीहरु पनि आफ्नो व्यपार भन्दा उनको कमेडी प्रस्तुतिलाई निहालीरहेका थिए यो दृश्यले स्ट्यान्डअप कमेडीको भबिस्य राम्रो रहेछ भन्न सकिन्छ हेर्नुहोस उनको स्ट्यान्डअप कमेडी
https://www.youtube.com/watch?time_continue=3&v=YkFm3_x2t6s
प्रतिक्रिया