हरेक मानिस प्रतिभाको खानी हो तर त्यो प्रतिभा प्रस्फुटन हुन उसलाई हौसलाको आवश्यकता जति पर्छ, त्यति नै उसको प्रतिभा सबै सामु पुर्याउने मन्चको भुमिका पनि महत्वपुर्ण हुन्छ। आफ्नै देशमा परिवार, साथीभाई र इष्टमित्रका साथ पाएकाहरुलाई आफुभित्र लुकेको प्रतिभा उजागर गर्न त्यति गार्हो नपर्ला तर परदेशीएका नेपालीलाई त फलामको चिउरा चपाएर सरह नै हुन्छ यो कार्य।
विदेशीनु कतिको रहर होला कतिको बाध्यता तर त्यसभित्र लुकेको रहस्य चाहि सुन्दर जीवन र सुनिश्चित भविष्य नै हो। त्यसैले जन्मभूमिप्रति चिन्तित हुनु कुण्ठा नभई अगाध स्नेह भन्ने बुझ्नपर्छ। विदेशीए पनि रोदीघरको हांसो, संगीनी नाचको भोक, दोहरी गीतको ठट्टा, खैचडी र मादल ताल, हार्पिनको धुनमा गाएको भजन र अरु यस्तै कलासंस्कृति चटक्कै भुल्न गार्हो हुन्छ।
कला, संस्कृति, भाषा अनि भेषभुषाको संरक्षक रुपमा इनासले प्रवासी नेपालीको कला सम्बन्धी मोहलाई दर्हो पुल बनेर विश्वका करीब ६५ देखि ७० को हाराहारी सेवा प्रदान गरिसकेको छ। पुरा नाम अंग्रेजीमा International Nepalese Artist Society रहेको इनासको अस्ट्रियामा पनि स्थापना हुनेभएको छ।
कलासंस्कृति, भाषा अनि भेषभुषा मार्फत आफुलाई राजनीतिक हस्तक्षेपबाट नितान्त अलग राखेर नया र पुराना प्रतिभाहरु जन्माएर नै आफ्नो अस्तीत्व र भावी पिडीको पहिचान जोगिन्छ भन्ने सकारात्मक सोच भएको समुहले इनासलाई अस्ट्रियामा जन्म दिने तर्खर गरेको छ। इनासलाई अस्ट्रिया भित्राउन दिलो ज्यान दिएर लागिपरेकी स्याडी भण्डारी एक सुन्दरी मोडेल तथा नृत्यागंना समेत हुन र स्याण्डी भण्डारीको होस्टेमा हैसे गर्ने अरु जोशिला व्यक्तित्वको नाम क्रमश सार्वजनिक हुने नै छ।
इनास अत्यन्त फरक उद्देश्य अझै भनुं लुकेका, थाकेका र अस्ताउन लागेका प्रतिभाहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रंगमन्चमा चिनाउने संस्था हो। इनासको तुलना अरु कुनै संस्थासंग गर्नु उपयुक्त हुदैन भन्ने भनाई सुन्दरी प्रतियोगिताकी फ़र्स्ट रनर अप स्याण्डी भण्डारीको रहेको छ। इनास र इनाससंग सम्बन्धित व्यक्तित्वहरु त्यही समाजका सदस्यहरु नै हुन जसले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रतिभा देखाएर पुरस्कार र सम्मानको सपना देखेका हुन्छन्। कलाकार देश र समाजका गहना हुन, तर ती गहनालाई कसी लगाइएन भने ढुसी पर्नसक्छ, इनास अस्ट्रियाले अस्ट्रियामा रहेका सम्पुर्ण कलाकार र कलाप्रेमीहरुलाई समेटर एउटा रंगमन्च प्रदान गर्नेछ, जुन रंगमन्चमा जो कोहीले पनि विना संकोच आफ्नो कला प्रस्तुत गर्न पाउने प्रतिवद्धताका साथ इनासलाई उत्तरोत्तर प्रगतिको शुभकामना!
प्रतिक्रिया