ईटहरी/ यहि भदौको १३ गतेबाट प्रदर्शनमा आउने प्रतिक्षित फिल्म ‘मारुनी’को पब्लिसिटी कन्सर्ट ईटहरीबाट सुरु भएको छ । हिजो ४ गते ईटहरीमा ५ बजेदेखि सुरु भएको कन्सर्ट राती झन्डै ८ बजेसम्म निरन्तर चलेको थियो । स्थानिय कलाकार, डान्सार, डाईनामिक ब्याण्ड, मारुनी फेसन शो संगै फिल्मकी नायिका शाम्राज्ञि राज्य लक्ष्मी शाह र नायक पुष्प खड्काले मारुनिको गीतमा कम्मर मर्काएका थिए । हेर्नुस उक्त कन्सर्टको रमाईलो भिडियो
झन्डै १५ सयको हाराहारीमा ईटहरीबासी माझ साम्राज्ञि र पुष्पले फिल्मको सार्बजनिक २ लोकप्रिय गीत ‘सक्दिन’ र जाम न माया जाम’ मा उपस्थित दर्शक संगै नाचेका थिए । कन्सर्टको अर्को मुख्य आकर्षण मारुनी फेसन शो रहेको थियो । केही दिन अघि मारुनी टि-सर्ट लगाएर फोटोसुट गरेका युवायुवती तथा मोडलहरुले कार्यक्रमको अन्त्यतिर र्याम्प शो गरेका थिए । उक्त र्याम्प शो संगै साम्राज्ञि र पुष्प स्टेज चढ्दा दर्शकको भिड थाम्न हम्मे हम्मे परेको थियो ।
सेल्फी खिच्न क्रेजी उपस्थित दर्शकहरू संग साम्राज्ञि र पुष्पले उत्साहित हुँदै नाच्न छोडेर सेल्फी खिच्न थालेको दृश्य हेर्न लायक थियो । नायक नायिका संगै निर्माता पुनम गौतम, निर्देशक नवल नेपाल र गायक कृष्ण काफ्ले पनि उपस्थित थिए । निर्माता पुनमले आफू यसरी फिल्मका लागि पहिलो पटक हिडेको र उक्त जमात देख्दा एकदमै उत्साहित भएको भन्दै स्टेजबाट भदौ १३ गते सबैलाई मारुनी हेर्न नजिकको हलमा जान आग्रह गरिन । यस्तै ईटहरीकै तरहराका स्थायीबासी रहेका निर्देशक नवलले पनि कन्सर्टमा उपस्थित दर्शकलाई सम्बोधन गर्दै सबैलाई मारुनी हेर्न आग्रह गरे ।
ड्रीमहाई नेपालको आयोजनामा देशको ४ ठाउँ कन्सर्ट गर्न निस्केको टिमले ईटहरीबाट पब्लिसिटी कन्सर्टको सुरुवात गरेको हो । ईटहरीको कन्सर्टलाई परिकला मिडिया प्राली तथा डिथ्री अनलाइनले सम्पुर्ण जिम्मेवारी लिएको थियो । बुधबार ११ बजे प्रेसमिट सकेर युनिट कन्सर्टको तयारीमा लागेको थियो । मारुनिको प्रचारप्रसारमा करिब १ साता देखि ईटहरीको टिम लागेको थियो । मारुनी टि-सर्टमा फोटोसुट, प्रोमो भिडियो, रोड क्याम्पियन देखि कलेज क्याम्पियन र माईकिङसम्म गरेक्क थियो । प्रचारप्रसारको प्रतिफल पनि कार्यक्रमको बेला राम्रै पाईएको ईटहरी ब्यवस्थापनको जिम्मा लिएका परिकला मिडिया तथा डिथ्री अनलाइनका सुवास संकल्पले बताए ।
प्रतिक्रिया