मुख्य मन्त्रि शेरधन राई द्वारा नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन

इनेप्लिज २०७६ असार २२ गते २०:२७ मा प्रकाशित

बाल्टिमोर । बाल्टिमोरमा जुलाई ५ -७ सम्म संचालनमा रहेको नेपाली राष्ट्रिय सम्मेलनको उद्घाटन प्रमुख अतिथि प्रदेश नं १ का माननीय मुख्य मन्त्रि शेरधन राईले गर्नु भएको थियो ।

सम्मेलनमा अमेरिकन तथा नेपाली राष्ट्रिय गान बजाईएको थियो । कार्यक्रमको झाँकी प्रदर्शनमालाखे नाच प्रस्तुत गरिएको थियो । प्रमुख अतिथि राईले आफूलाई नेपाल बाट आमन्त्रित गरि अवसर दिएकोमा आयोजकलाई धन्यबाद दिनु भएको थियो । साथै प्रमुख अतिथि राईले सम्मेलनले महत्वपूर्ण घोषणा पत्र जारी गर्ने छ र यस सम्मेलनले एकताको संदेश दिने छ भन्दै भन्ने शुभकामना दिनु भएको थियो ।

वहाले हाम्रा पुर्खाहरुले गरेको बलिदान र त्यागको कारण नेपाल कहिले कसैको अधिनस्थ हुनु परेन ,कोही संग झुक्नु परेन ,कसैको उपनिवेस भएर बस्नु परेन भन्नु भयो । वहाले यस बेला नेपाली जनता देशका मालिक हुन् र मालिक हुन् सफल भएको बताउनु भयो । सम्पूर्ण अधिकार जनताको हातमा निहित छ । यो कसैबाट प्राप्त नभई एकताको कारण प्राप्त भएको बताउनु भयो ।

यो उपलब्धि आपसी विश्वास समन्यव र सहकार्यबाट भएको बताउनु भयो । देशले प्राप्त गरेको नया प्रणाली तिब्र गतिमा अघि बढी रहेको बताउनु भयो । हामी बिस्तारै नतिजाहरु देख्न सक्छौ ।

वहाले अमेरिकामा आएर मेहनत र दुख गरेर पैसा ,ज्ञान शीप हासिल गर्नु भएको छ । देशको बिकासको लागि अब यहाँहरुले प्राप्त गर्नु भएका शिप,ज्ञान ,अनुभव र प्रविधिलाई नेपालमा भित्राउन खाचो भएको बताउनु भयो । अमेरिकामा थुप्रै बिद्या वारिधि र अभियन्ताहरु रहेको बताउदै देशले अपेक्षा गरेको बताउनु भयो ।

देशलाई प्राविधिक जन शक्ति र योजनाकारहरुको खाचो छ । अब यहाँहरुको अगुवाईमा त्यो खाचोलाई पूर्ति गर्नु पर्छ । वहाले अगाडी भन्नु भयो यहाँहरु यसको नेतृत्व गरि दिनोस हामी स्वागत गर्न चाहन्छौ । वहाले नेपालले ब्रेन गेन सेन्टर स्थापना गरेको छ । हामी अङ्किय डेस्क तयार गरेको बताउनु भयो ।

हामी अनलाइन /( बिधुतिय शिक्षा )र व्याबहारिक शिक्षाको सुरुवात गर्न चाहेको र ईक्वालिटि फाउन्डेसन संग सहकार्य गर्न लागेको बताउनु भयो । त्यसको सुरुवात प्रदेश न १ बाट गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो ।

उक्त सम्मेलनमा सम्मेलन सभापति विजय श्रेष्ठ ,राजदुत डा अर्जुन कुमार कार्की,एएनएका अध्यक्ष मेदिनी अधिकारी ,बानाका अध्यक्ष सुबोध पन्त ,अनेसासका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली ,महा बाणिज्य दूत प्रेम राजा महत ,नेपाली कांग्रेसका नेता एबम पूर्व मन्त्री दिपक गिरि ,नेपाल कम्युनिस्ट पार्टीका नेता ठाकुर गैरे ,राप्रापा विदेश बिभागका प्रमुख प्रेम कुमार श्रेष्ठ ,बिदेशी क्रिस्टिना डब्लु पोये ,आन्माका अध्यक्ष बलराम पन्थी ,सम्मेलनका प्रवक्ता तथा जन सम्पर्क अधिकारी तथा एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,हर्नडन नगर परिसदका नगर परिसद सदस्य प्रदिप ढकाल ,एनईसिसीका अध्यक्ष खिलेन्द्र न्यौपानेहरुले मन्तब्य राख्नु भएको थियो ।

वक्ताहरुको सूची सम्मेलनका कार्यक्रम निर्देशक दिवाकर दाहालले बनाउनु भएको हो ।

कार्यक्रममा राईनास नगरपालिकाका नगर प्रमुख सिंह बहादुर थापा ,नेपाली कांग्रेस महिला संघकि केन्द्रिय सदस्य भद्रा भण्डारी ,नागर्जुन नगर पालिकाका नगर प्रमुख मोहन बस्नेत लगायत बिभिन्न विशिष्ट व्यक्तिहरु स्विटजरल्याण्ड ,क्यानाडा ,अमेरिकाका विभिन्न राज्यहबाट आउनु भएकाहरुको सहभागिता रहेको थियो ।

प्रथम बालबालिका प्रतिभा प्रतियोगिताको बिजेताको घोषणा समेत गरिएको छ । कार्यक्रम संचालन नेपाली राष्ट्रिय सम्मेलनका महा सचिव तथा नेपाली राष्ट्रिय सम्मेलनका कार्यक्रम निर्देशक दिवाकर दाहालले गर्नु भएको थियो ।

तस्बिर :राजिव श्रेष्ठ

 

प्रतिक्रिया