सुक्ष्म जीवविज्ञानको प्राध्यापन र अनुसन्धानमा आफ्नो अन्तर्राष्ट्रिय छवि बनाउनुभएका प्रा ड़ा अच्युत शर्मा पछिल्लो समय नेपाली गीत संगीतमा उदाउनुभएको छ । उहाँको “जय जय नेपाल” बोलको राष्ट्रिय गीत लोकप्रिय गायक राजश पायल राइको स्वरमा यु ट्युब मार्फत हालै सार्वजनिक भएको छ ।यो गीतमा संगीत खेम विश्वकर्माको रहेको छ भने संगीत संयोजन पुस्कर सुनुवारले गर्नुभएको छ ।
देशमा विद्यमान पछिल्लो राजनीतिक परिदृश्यमा राष्ट्रियताको सवाल कम्जोर हुँदै गएको सन्धर्भमा गीत संगीत मार्फत एकताको सुत्रमा सुत्रबद्द गर्न सकियोस् भनेर आफुले यो गीत सिर्जना गरेको बताउनुहुन्छ गीतकार शर्मा ।
नेपाली सांगीतिक वजारमा आएका प्रायजसो राष्ट्रिय गीतहरूभन्दा पृथक स्वादमा पस्कने प्रयास स्वरुप आफुले लोक र रक संगीतको फ्युजनबाट यो गीतको संगीत तयार पारेको र यो गीतले स्रोताहरुलाई “इन्गेज” गराउने कुरामा संगीतकार विश्वकर्मा विस्वस्त हुनुहुन्छ।
गीत सुन्नको लागि लिंक
प्रतिक्रिया