चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा

इनेप्लिज २०७६ असार २ गते २०:३१ मा प्रकाशित

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यो चलचित्र लामो समय सेन्सरमा अड्किएको थियो । सेन्सर बोर्डले ‘क्लिन चिट’ दिएपछि ‘कीर्तिपुर’ प्रदर्शनमा आउन लागेको कुरा आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यो चलचित्रको ट्रेलर केही समय अगाडी रिलिज गरिएको थियो भने ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले राजधानीका एक कार्यक्रमका बीच नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ ।

निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको उनको भनाई छ । उनी चलचित्र उत्कृष्ट बनेको दावी गर्छन् ।साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण गरिएको ‘कीर्तिपुर’ मा नेपालभाषाको लोकप्रिय चलचित्र‘राजमति’ चलचित्रकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिकामा अभिनय गरेकी छिन् भने उनको पतिका रुपमा उनकै वास्तविक पति कलाकार मणिराज लवटले अभिनय गरेका छन् भने पृथ्वीनारायण शाहका रुपमा अभिनेता यशराज गराच देखिने भएका छन् । अन्य कलाकारहरुमा काजी धनबज्रको रोलमा मदनदास श्रेष्ठ, बीर नरसिंहको रुपमा विनोद श्रेष्ठ, मकर सिंहको रुपयमा सुशील राजोपाध्याय, मानबीरको रुपमा सुन्दरलाल श्रेष्ठ, भुयुमायाको रुपमा लक्ष्मी गिरी, चिनी मायाको रुपमा मञ्जु श्रेष्ठ, सुर प्रतापको रुपमा सुनील भट्टराई, कालु पाण्डेको रुपमा उदय श्रेष्ठको साथमा सुरबीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय , शिला साय्मि, रश्मी नापित अनि कीर्तिलक्ष्मीको युवा भुमिकामा अन्जला नकर्मि लगायत धेरै कलाकारहरुको अभिनय रहेको फिल्ममा कला निर्देशक के.के. मानन्धर, सिनेमाटोग्राफी नबीन जोशी र शंकर महर्जन, द्वन्द उदय श्रेष्ठ , मेकप अमृत मरहठ्ठा र डे«स डिजाइनर उद्धवराज भट्टराईं जुंगेको रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले ऐतिहासिक विषयमा बनेको चलचित्रको हिस्सा हुन पाउँदा गौरवान्वित महशुस भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको उनको अनुभव छ । उनी भन्छन् , ‘एक वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने कोशिश भने जरुर गरेको छु ।’ उनी चलचित्रलाई लिएर निकै उत्साहित देखिए । पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु मदनदास श्रेष्ठ,लक्ष्मी गिरी, विनोद श्रेष्ठ, हिसिला महर्जन र निर्देशक प्रदिप खडगी लगायत वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले पनि ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’बारेमा आआफ्ना धारणा राखेका थिए । फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । अनन्त कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशीले चलचित्र खिचेका हुन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यो चलचित्र लामो समय सेन्सरमा अड्किएको थियो । सेन्सर बोर्डले ‘क्लिन चिट’ दिएपछि ‘कीर्तिपुर’ प्रदर्शनमा आउन लागेको कुरा आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यो चलचित्रको ट्रेलर केही समय अगाडी रिलिज गरिएको थियो भने ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले राजधानीका एक कार्यक्रमका बीच नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ ।

निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको उनको भनाई छ । उनी चलचित्र उत्कृष्ट बनेको दावी गर्छन् ।साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण गरिएको ‘कीर्तिपुर’ मा नेपालभाषाको लोकप्रिय चलचित्र‘राजमति’ चलचित्रकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिकामा अभिनय गरेकी छिन् भने उनको पतिका रुपमा उनकै वास्तविक पति कलाकार मणिराज लवटले अभिनय गरेका छन् भने पृथ्वीनारायण शाहका रुपमा अभिनेता यशराज गराच देखिने भएका छन् । अन्य कलाकारहरुमा काजी धनबज्रको रोलमा मदनदास श्रेष्ठ, बीर नरसिंहको रुपमा विनोद श्रेष्ठ, मकर सिंहको रुपयमा सुशील राजोपाध्याय, मानबीरको रुपमा सुन्दरलाल श्रेष्ठ, भुयुमायाको रुपमा लक्ष्मी गिरी, चिनी मायाको रुपमा मञ्जु श्रेष्ठ, सुर प्रतापको रुपमा सुनील भट्टराई, कालु पाण्डेको रुपमा उदय श्रेष्ठको साथमा सुरबीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय , शिला साय्मि, रश्मी नापित अनि कीर्तिलक्ष्मीको युवा भुमिकामा अन्जला नकर्मि लगायत धेरै कलाकारहरुको अभिनय रहेको फिल्ममा कला निर्देशक के.के. मानन्धर, सिनेमाटोग्राफी नबीन जोशी र शंकर महर्जन, द्वन्द उदय श्रेष्ठ , मेकप अमृत मरहठ्ठा र डे«स डिजाइनर उद्धवराज भट्टराईं जुंगेको रहेको छ ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता यशराजले ऐतिहासिक विषयमा बनेको चलचित्रको हिस्सा हुन पाउँदा गौरवान्वित महशुस भएको बताए । पुथ्वीनारायण शाहको भूमिका निर्वाहा गर्न निकै कठिन भएको उनको अनुभव छ । उनी भन्छन् , ‘एक वीर योद्धाको भूमिका निर्वाहा गर्नु मेरो लागि कम चुनौतीपूर्ण थिएन । यद्यपि, मैले आफ्नो तर्फबाट राम्रो गर्ने कोशिश भने जरुर गरेको छु ।’ उनी चलचित्रलाई लिएर निकै उत्साहित देखिए । पत्रकार सम्मेलनमा चलचित्रका कलाकारहरु मदनदास श्रेष्ठ,लक्ष्मी गिरी, विनोद श्रेष्ठ, हिसिला महर्जन र निर्देशक प्रदिप खडगी लगायत वरिष्ठ चलचित्र पत्रकार विजयरत्न तुलाधरले पनि ‘कीर्तिपुर ः द लिजेन्ड अफ कीर्तिलक्ष्मी’बारेमा आआफ्ना धारणा राखेका थिए । फोकस पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, नुवाकोट तथा गोर्खामा भएको हो । नयाँ पुस्तालाई इतिहास जान्न र बुझ्न भए पनि एकपटक ‘कीर्तिपुर’ हेर्नुपर्ने निर्देशक खड्गीको भनाई छ । अनन्त कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको यो चलचित्र निर्माणमा वीरेन्द्र ताम्राकार र प्रेम खड्गीले सघाएका छन् । शंकर महर्जन र नविन जोशीले चलचित्र खिचेका हुन् । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र एफडि कम्पनीले वितरण गर्दैछ ।

राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरणको क्रममा कीर्तिपुरमा गरेको आक्रमणको विषयवस्तुमा चलचित्र आधारित चलचित्र ‘कीर्तिपुर : द लिजेन्ड अफ कीर्तिलक्ष्मी’ यही असार १३ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । यो चलचित्र लामो समय सेन्सरमा अड्किएको थियो । सेन्सर बोर्डले ‘क्लिन चिट’ दिएपछि ‘कीर्तिपुर’ प्रदर्शनमा आउन लागेको कुरा आज सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । यो चलचित्रको ट्रेलर केही समय अगाडी रिलिज गरिएको थियो भने ट्रेलरले युट्युबमा सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा निर्माण टिमले राजधानीका एक कार्यक्रमका बीच नयाँ गीत सार्वजनिक गरेको छ । गीतमा कीर्तिपुर आक्रमणका दृश्यहरु समावेश गरिएको छ ।

निर्देशक प्रदीप खड्गीले चलचित्रमा ९० प्रतिशत भिएफएक्स प्रयोग गरिएको बताए । भिएफएक्सका कारण पनि चलचित्र प्रदर्शनमा आउन ढिलाइ भएको उनको भनाई छ । उनी चलचित्र उत्कृष्ट बनेको दावी गर्छन् ।साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित भएर निर्माण गरिएको ‘कीर्तिपुर’ मा नेपालभाषाको लोकप्रिय चलचित्र‘राजमति’ चलचित्रकी नायिका हिसिला महर्जनले कीर्तिलक्ष्मीको शिर्ष भुमिकामा अभिनय गरेकी छिन् भने उनको पतिका रुपमा उनकै वास्तविक पति कलाकार मणिराज लवटले अभिनय गरेका छन् भने पृथ्वीनारायण शाहका रुपमा अभिनेता यशराज गराच देखिने भएका छन् । अन्य कलाकारहरुमा काजी धनबज्रको रोलमा मदनदास श्रेष्ठ, बीर नरसिंहको रुपमा विनोद श्रेष्ठ, मकर सिंहको रुपयमा सुशील राजोपाध्याय, मानबीरको रुपमा सुन्दरलाल श्रेष्ठ, भुयुमायाको रुपमा लक्ष्मी गिरी, चिनी मायाको रुपमा मञ्जु श्रेष्ठ, सुर प्रतापको रुपमा सुनील भट्टराई, कालु पाण्डेको रुपमा उदय श्रेष्ठको साथमा सुरबीर पण्डित, सञ्जय शर्मा राजोपाध्याय , शिला साय्मि, रश्मी नापित अनि कीर्तिलक्ष्मीको युवा भुमिकामा अन्जला नकर्मि लगायत धेरै कलाकारहरुको अभिनय रहेको फिल्ममा कला निर्देशक के.के. मानन्धर, सिनेमाटोग्राफी नबीन जोशी र शंकर महर्जन, द्वन्द उदय श्रेष्ठ , मेकप अमृत मरहठ्ठा र ड्रेस डिजाइनर उद्धवराज भट्टराईं जुंगेको रहेको छ ।

प्रतिक्रिया